coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

आइजिपी खनाल थाइल्याण्ड प्रस्थान

काठमाडौं- प्रहरी महानिरीक्षक (आइिजपी) सर्वेन्द्र खनाल थाइल्याण्ड प्रस्थान गरेका छन्। बैंककमा आयाेजित विमस्टेक सदस्य राष्ट्रका सुरक्षा प्रमुखहरुको तेस्रो बैठकमा सहभागी हुन खनाल बुधबार त्यसतर्फ प्रस्थान गरेकाे प्रहरी प्रधान कार्यालयले जनाएकाे छ।

प्रहरी महानिरीक्षक खनालसँगै सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्गबहादुर राई, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र परराष्ट्र मन्त्रालयका प्रतिनिधि शाखा अधिकृत सोमेश थापासमेत प्रस्थान गरेका छन्। 

उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरु, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव महानिरीक्षक लगायत बरिष्ठ प्रहरी अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल गौचरमा शुभकामना सहित विदाइ गरे। 

चैत ७ गते संचालन हुने उक्त कार्यक्रममा विमस्टेक सदस्य राष्ट्रका सुरक्षा प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहने छ। कार्यक्रममा आतंकवाद, हातहतियार, लागूऔषध, मानव बेचबिखन लगायतका संगठित अपराध तथा विपद व्यवस्थापन र सुरक्षा क्षेत्रका विविध विषयमा सदस्य राष्ट्रहरुका वीच सहयोग आदान प्रदान, क्षमता अभिवृद्धि, असल अभ्यास तथा अनुभव समेतको आदान प्रदान लगायतका विषयमा छलफल हुने बताइएकाे छ। 

प्रहरी महानिरीक्षक खनालको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले प्रहरी प्रधान कार्यालयको दैनिक काम कारवाही सम्हाल्ने छन्।

प्रकाशित: ६ चैत्र २०७५ १२:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App