coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘राष्ट्रिय गौरवका आयोजना उच्च प्राथमिकतामा’

चितवन- राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले राष्ट्रिय गौरवका आयोजनाले गति नलिनुमा एउटा मात्रै कारण नरहेको बताएकी छिन्। 

नेपाल पत्रकार महासङ्घले बुधवार आयोजना गरेको अन्तक्रिया कार्यक्रममा बोल्दै उनले आयोजना प्रमुखको फेरबदर, झन्झटिलो खरीद प्रक्रिया र भुक्तानीका कारण आयोजनाले गति लिन कठिन भएको बताइन। 

समितिले राष्ट्रिय गौरवका २१ आयोजनालाई उच्च प्राथमिकता दिएर काम गरिरहेको उल्लेख गर्दै उनले समितिका सदस्यलाई आयोजना छुट्याएर समस्या पहिचान गर्न जिम्मेवारी दिइएको बताइन। नीतिगत रुपमा देखिएका समस्या समाधान गर्नुपर्ने भन्दै उनले त्यसतर्फ समितिले काम गरिरहेको जानकारी दिइन। 

आयोजनाको स्थलगत अध्ययन र छलफल कार्य तीव्र गतिमा अगाडि बढाइरहेको पनि उनले बताइन। राष्ट्रिय गौरवका आयोजनामध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भेरी–बबई डाईभर्सन र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको कामले गति लिएको उनको भनाई छ। 

सरकारका तीन तहबीच अझै पनि समन्वयको अभाव देखिएको बताउँदै सभापति रावलले तल्लो तहमा अनुभवी र पुराना कर्मचारी पठाउनु पर्नेमा त्यो हुननसकेको बताइन। सङ्घ मातहत रहेका प्रमुख जिल्ला अधिकारी लगायतका कर्मचारीलाई प्रदेश सरकारसँग कहीँ न कहीँ जोड्नुपर्ने उनले बताइन। सङ्घ मातहका कर्मचारी र प्रदेश सरकारबीच समन्वयको अभाव देखिएको उनको भनाई छ। रासस

प्रकाशित: ६ चैत्र २०७५ ०८:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App