coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

हिन्दू धर्मका पक्षमा उभिए कांग्रेस महामन्त्री

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले गणतन्त्र र संघीयताको विषयमा पनि जनमत बुझ्न जनमत संग्रहमा जानुपर्ने प्रस्ताव अघि सारेका छन्।

टोखास्थित आफ्नै निवासमा होलीको अवसरमा चियापान कार्यक्रम गर्दै उनले धेरैजसो हिन्दु धर्मालम्बीहरूले सांसदमा निर्वाचित गराएकाले पनि उनीहरूको माग अनुसार आफूले हिन्दु राज्यको पक्षमा अडान लिएको पनि स्पष्ट पारे।

राज्य धर्म निरपेक्ष र सापेक्ष दुवै हुन नसक्ने उल्लेख गर्दै महामन्त्री कोइरालाले धार्मिक स्वतन्त्रतासहितको हिन्दू राष्ट्र स्थापनाका लागि जनमत संग्रह गर्न सरकारलाई आवश्यक दबाब दिन पनि सबैलाई आह्वान गरे। उनले आफ्नो पार्टी जनताले चाहेमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको विषयमा जनमत संग्रहमा जान तयार रहेको पनि बताए।

महामन्त्री कोइरालाले पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई कार्यकर्ताको चाहना बमोजिम पार्टीलाई एकढिक्का बनाएरअघि बढाउन आग्रह गरेका छन्। कोइरालाले पार्टीभित्र एकता र मेलमिलापका लागि आजैबाट आफूले पहल गर्ने बताए।  पार्टीको विभागहरू तत्काल गठन गर्न पनि सभापति देउवालाई आग्रह गरे।

 

प्रकाशित: ६ चैत्र २०७५ ०८:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App