७ वैशाख २०८१ शुक्रबार
समाज

काठमाडौंमा यसरी मनाइयो होली (फोटो फिचर)​

काठमाडौं – फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ। 

केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रूपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ। सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ।

फागु पर्वको अघिल्लो दिन पनि राजधानीका सडकमा फोहर पानी छ्यापेको देखिँदैन। काठमाडौंसहित देशको पहाडी क्षेमत्रा अहिले हर्षोल्लासका साथ होली मनाइएको छ। होली मानाउनेको बजार तथा चोकमा पाक्लो चहलपहल देखिएको छ। 

तस्बिर–रासस

हेर्नुहोस् फोटो

प्रकाशित: ६ चैत्र २०७५ ०७:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App