७ वैशाख २०८१ शुक्रबार
समाज

यी हुन काभ्रेमा समातिएका विप्लवका ४ कमाण्डर

काठमाडौं – नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका ४ जना कमाण्डरलाई प्रहरीले पक्राउ गरेको छ। काभ्रेको रोशी गाउँपालीकास्थित काफ्लेडाँडामा मंगलबार राती गोली हानाहान भएपछि प्रहरीले ४ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्ने कमाण्डरमा झापाका शिव धिताल, दाङका नृपबहादुर विक, भोजपुरका डिकेन्द्र राई र सिन्धुपाल्चोकका विशाल तामाङ छन्। प्रहरीका अनुसार उनीहरू कोही पनि घाइते छैनन्। काभ्रेबाट पक्राउ परेकाहरू मध्य कमाण्डका कमाण्डरहरू रहेको प्रहरीको दाबी छ।

महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुबाट प्रहरी उपरीक्षक सोमेन्द्रसिंह ठकुरीको नेतृत्वमा गएको प्रहरी टोलीलाई लक्षित गरी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादी समूहका कार्यकर्ताले गोली प्रहार गर्दा जवाफी फायरिङ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्ष रविराज खड्काले जानकारी दिए। 

 

प्रकाशित: ६ चैत्र २०७५ ०४:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App