६ वैशाख २०८१ बिहीबार
समाज

ट्रिपर र ट्याक्टरमा यात्रु

गोरखा- दशैँ मानेर गाउँबाट सहर फर्कने सर्वसाधारणले यात्रुबाहक सवारी साधन नपाउँदा ट्रिपर, ट्रक, ट्याक्टर, जिप जस्ता मालबाहक सवारीमा यात्रा गर्न बाध्य छन् । जिल्लाको ग्रामिण भेगमा यातायात सञ्चालन गर्दै आएको यातायात ब्यवसायी समिति गोरखाले ४० भन्दा बढी क्यूमा सयभन्दा बढी यात्रुबाहक सवारी सञ्चालन भएको बताए पनि यात्रुको चाप अनुसार पुगेको छैन । ट्राफिक प्रहरीको आँखा छलेर जोखिम मोलेर यात्रुहरु कोचाकोच गरी सवारी चालकहरुले यात्रा गराउने गरेका छन् ।

गोरखाको आरुघाट, घ्याम्पेशाल, भच्चेक, बारपाक, बालुवा लगायतका ग्रामिण रुटबाट सवारी साधन खचाखच यात्रु बोकेर सदरमुकाम आउने गरेका छन् । सिमित बसले यात्रुको चाप थेग्न नसक्दा मालबाहक सवारी साधनलाई यात्रुबाहकजस्तै भाडा तिरेर, महँगोमा रिर्जभ गरेर आउजाउ गर्नुपरेको गुनासो यात्रुहरुको छ ।

साविकको लाग्ने छ सय रुपैयाँ भाडालाई बढाएर काठमाडौँसम्मको आठ सय रुपैयाँ भाडा लिएको गुनासो जौवारीकी प्रतिज्ञा ढकालले बताइन् । यात्रुलाई लाग्नेभन्दा धेरै भाडा तिर्न यातायात ब्यवसायीले बाध्य बनाउने गरेका छन् । दशैँ मनाएर फर्कने यात्रुको चापले बिहानैदेखि साँझसम्म गोरखा सदरमुकामको सडक पेटीमा सर्वसाधारणको भिड लाग्ने गर्छ । पक्की सडकमा चल्ने सवारी पनि चाप अनुसार छैन ।

चाडबाडका बेला यात्रुको चाप बढीहुने हुँदा भइरहेको सवारी साधनले ब्यवस्थित गर्न गाह्रो हुने हुँदा नियम उलंघन गर्नेहरु बढी हुने ट्राफिक प्रहरी बताउँछन् । अहिलेको समयमा चेकजाँचलाई अझै कडाई गरिएको र ग्रामिण भेगमा ट्राफिक प्रहरीको पहुँच नहुँदा नियम उलघन गर्नेक्रम ग्रामिण रुटमा रहेको ट्राफिक प्रमुख मिनबहादुर कुँवरले बताए । उनले भने– ‘हामीले चेकजाँच गर्न छाडेका छैनौँ, कारबाही पनि गरिरहेका छौँ, जनशक्ति अभावले ग्रामिण सडकमा सँधै नियमित चेकजाँच गर्न समस्या छ ।’

 

प्रकाशित: २८ आश्विन २०७३ ११:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App