उत्पादन बढाउन आधुनिक कृषि प्रविधि

बुधबार, ०६ चैत २०७५, ०८ : १६ नागरिक

अरुण काफ्ले

आधुनिक कृषि विकासको अवधारणासँगै प्रतिएकाइ जमिनबाट धेरै र स्वस्थकर उत्पादनका लागि वागवानीमा तन्तु प्रजनन, एकीकृत शत्रुजीव तथा खाद्यतत्व व्यवस्थापन, आधुनिक संरचना तथा सिँचाइ प्रविधिको अवलम्बन गर्नुपर्छ।  तरकारी, फलफूल तथा पुष्प बालीको खेतीमार्फत खाद्य तथा पोषण सुरक्षा र आय आर्जनका लागि आधुनिक प्रविधिले तीव्रता पाएको छ। 

विकशित देशहरू जस्तैः नेदरल्यान्ड, जापान, कोरिया, इजरायल आदिमा प्रतिकूल हावापानीका बीच पनि आधुनिक संरचना तथा नवीनतम उच्च प्रविधिको प्रयोग गरेका छन्। ती देशमा प्रविधिले २ देखि ५ प्रतिशतसम्म मात्र कृषिमा  संलग्न जनशक्तिबाट  प्रतिएकाइ उच्च उत्पादकत्व (५ सय ५० देखि ६ सय मेट्रिक टन  प्रतिहेक्टर) हासिल गर्न सफल भएको पाइन्छ। विदेशको तुलनामा हाम्रो मुलुकमा निकै कम छ। तरकारीको सरदर उत्पादकत्व ५५ मेट्रिक टन प्रतिहेक्टर मात्र छ। नेपालमा तरकारी खेती गरिएको ६ सय ९५ हेक्टरमध्ये ५ सय ९५ हेक्टरमा  बाँसमा आधारित  परम्परागत तथा केही परिमार्जित प्रविधि प्रयोग भएको पाइन्छ। सय हेक्टरमा जिआइ पाइप, नेचुरल्ली भेन्टिलेटेड र बिरुवा उत्पादनका लागि उच्च प्रविधिमा आधारित ग्रिन हाउस बनेको पाइन्छ। 

प्रविधिको अवलम्बन गरी खेती गरिने प्रमुख तरकारी बालीमा गोलभेंडा, भेडे खुर्सानी, काँक्रा र जिरीको साग तथा पुष्पजन्य उत्पादन रहेको पाइन्छ। दक्षिण एसियामा भारतमा २५ हजार हेक्टरमा प्रविधिमार्फत खेती गरिएको छ। नेपालमा आर्थिक वर्ष २०७४–७५ सम्म मुलुकभर ७ सय २ हेक्टर क्षेत्रफलमा तरकारी, पुष्पजन्य बाली र फलफूलका बिरुवा उत्पादन गरिएको छ। जसमध्ये  करिब पाँच हेक्टरमा फूलखेती, करिब दुई हेक्टरमा फलफूल तथा जडीबुटीको नर्सरी  र बाँकी क्षेत्रफलमा गोलभेंडा, खुर्सानी लगायतका तरकारी खेती गरिएको छ।

कृषकले प्रविधि विकास, प्रमाणित उत्पादन प्रविधिको अवलम्बन तथा उत्पादित उपजको उचित बजारीकरणमा ध्यान दिनु आवश्यक छ। 

नेपालमा २०५२ सालतिर लुम्ले कृषि केन्द्रले तरकारी खेतीका लागि आधुनिक प्रविधिको परीक्षण गरेको थियो। प्रविधि अनुसन्धानका कार्यहरू  सरकारी क्षेत्रमा अपेक्षित हुन सकेको छैन। नेपालमा ५–६ वर्षदेखि आधुनिक प्रविधिका विभिन्न संरचना अत्यधिक बनेका छन्।

प्रविधिमा किसान, निजी क्षेत्र तथा सरकारको समेत धेरै लगानी भएको पाइए तापनि प्रविधि अवलम्बनमा उचित ध्यान नपुर्याउँदा प्रतिस्पर्धी क्षमताको विकास हुन सकेको छैन। आर्थिक वर्ष ०७५–७६ मा मात्र संघीय, प्रदेश तथा स्थानीय सरकारमार्फत प्रविधि विस्तारका लागि एक अर्ब रुपैयाँभन्दा बढी रकम विनियोजन भएको देखिन्छ। 

मौलिक हकमा खाद्य संप्रभूतालाई आत्मसात् गरेको सन्र्दभ,  दीगोे विकास, अवधारणामा कृषिमार्फत गरिबी तथा भोकमारी न्यूनीकरण, आय तथा रोजगारी सिर्जना तथा चौधौं योजनाको लक्ष्य, राष्ट्रिय कृषि नीति २०६१, कृषि विकास रणनीति (सन् २०१५–२०३५), सार्वजनिक निजी साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने नीति लिएको छ।

पाँच वर्षभित्र किसानको आय दोब्बर गर्ने नीतिअनुरूप कृषिमा आत्मनिर्भर अर्थतन्त्र विकासका लागि विभिन्न कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। नीतिगत तथा संवैधानिक एवं अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरूपका लक्ष्य हासिल गर्न वागवानी क्षेत्र  भित्रको संरचनामा आधारित खेती (प्रोेटेक्टेड कल्टिभेसन)लाई आम किसानले रुचाएको क्षेत्र हो। प्रविधिलाइ  दीगोे तथा नाफामुखी बनाई स्वस्थ उपज उत्पादन गर्नु आजको आवश्यकता हो। तर सोचेअनुरूप यस्ता प्रविधिबाट लाभ हासिल गर्न नसक्नाका कारणको विश्लेषण तथा भावी कार्यदिशा बेलैमा तय गर्नुपर्छ।

हाल नेपालमा अवलम्बन गरिएका प्रविधि सबै आयातित हुन्। हामीकहाँ प्रयोग भएका प्रविधिमा ९५ प्रतिशतभन्दा बढी सामग्री भारत लगायतका मुलुकबाट आयात गरिएको छ। जसलाइ इजरायली प्रविधि भन्ने गरिएको छ। अहिलेसम्म हाम्रो ध्यान संरचना निर्माणमा मात्र केन्द्रीत छ। ९० प्रतिशतभन्दा बढी क्षेत्रफलमा प्रयोग भएका संरचना बाँसमा आधारित र वर्षामा पानीबाट जोगाउन सिल्पाउलिन ४५ देखि १२० ग्रामसम्म  प्रतिवर्ग मिटर (जिएसएम) तौल भएका प्लास्टिकको प्रयोग भएका र करिब  तीन वर्षसम्म टिकाउ अवधि भएका छन्। 

निर्माण भएका संरचनामा तरकारी खेतीको वा फूललगायत बेर्ना उत्पादनका लागि आवश्यक सूर्यको प्रकाश, आद्र्रता, तापक्रम तथा कार्बनडाइअक्साइड ग्यासको मात्रा व्यवस्थापनमा  ध्यान दिएको पाइँदैन।  आधुनिक प्रविधि भनेर प्रचारप्रसार गरिएका संरचना जस्तैः एक सयदेखि दुई सय माइक्रोन युभी, प्लास्टिक, नेट, सिँचाइ प्रणालीमा प्रयोग गरिएका  जिआई., भेन्टिलेटेड प्लास्टिक घर, हाइटेक ग्रिन हाउस आदिमा समेत यस्ता बिरुवाको वृद्धि विकासका लागि अत्यावश्यक कुराहरूमा ध्यान पुगेको पाइँदैन। 

हाम्रो मुलुकमा सूक्ष्म हावापानीका हिसाबले विविधतायुक्त छ। पूर्वीदेखि पश्चिमी भागसम्म तापक्रम तथा आर्द्रतामा विविधता छ। सबै ठाउँमा एकै खाले प्रविधिको अवलम्बन हुँदा लगानीका तुलनामा आम्दानी हुन सकेको छैन। प्रविधिको अवलम्बन गर्ने कृषक एवं उद्यमीले के बुझ्न जरुरी छ भने संरचनाको आकारप्रकार राम्रो भएर मात्र उत्पादन बढ्ने हैन। यसका लागि लगाइएका बालीको वृद्धि विकासको अनुपातअनुसार तापक्रम, सूर्यको प्रकाश, आर्द्रताजस्ता प्रमुख कुराहरूको व्यवस्थापनमा ध्यान दिन जरुरी छ। 

कृषिमा सफलता पाउन सूचना तथा प्रविधिको प्रयोग (युज अफ आइसिटी), उपयुक्त वातावारण कायम गर्नसक्ने संरचना डिजाइन तथा निर्माण, सोहीअनुरूप जात तथा खेती प्रविधिको अवलम्बन,  खाद्यतत्व तथा रोग÷किरा व्यवस्थापन तथा बजारको मागअनुरूप उत्पादन तथा बजारीकरणमा ध्यान दिन जरुरी छ।

नेपाल सरकारको  कृषिमा रुपान्तरित अर्थ व्यवस्थाको माध्यमबाट आय र रोजगारी सिर्जना गरी गरिबी निवारणमा टेवा पुर्याउन वागवानी क्षेत्रमा प्रविधि प्रयोग गर्नुपर्छ। हाल प्रचलित संरचनाभित्रको खेती प्रविधि प्रमुख माध्यम हो। 

प्रविधिलाई  दीगोे, नाफामुखी र व्यावसायिक बनाउन बेलैमा नसोचे उत्पादन लागत बढ्दै जान्छ। तसर्थ सरकारी, निजी क्षेत्र तथा कृषकले प्रविधि विकास, प्रमाणित उत्पादन प्रविधिको अवलम्बन तथा उत्पादित उपजको उचित बजारीकरणमा ध्यान दिनु आवश्यक छ। नेपालमा उपलब्ध आइटी. इन्जिनियरिङ तथा कृषि क्षेत्रका जनशक्तिमार्फत प्रविधिकोे विकास तथा विस्तारमा ध्यान दिन जरुरी छ।

(लेखक वरिष्ठ  वागवानी विकास अधिकृत हुन्)







यसमा तपाईको मत

अन्य समाचार

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलक्षित एक हजार रुपैयाँमामा बचत खाता खोल्ने गरी प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad