८ वैशाख २०८१ शनिबार
समाज

काभ्रेमा गोली चल्यो, विप्लव समूहका दुई नेता पक्राउ

काठमाडौं, चैत ५ (नागरिक)– नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका केन्द्रीय तहका नेता रहेको सूचनाको आधारमा पक्राउ गर्न पुगेको प्रहरी टोली र विप्लव समूहबीच मंगलबार राति गोली हानाहान भएको छ।

काभ्रेको रोशी गाउँपालिकामा विप्लव समूहका केन्द्रीय नेता हेमन्तप्रकाश वली रहेको सूचनाका आधारमा केन्द्रबाट खटिएको टोलीलाई सो समूहका कार्यकर्ताले गोली हानेपछि प्रहरीले जवाफी फायर गरेको हो। घटनामा कुनै मानवीय क्षति भने भएको छैन।

पछिल्लो समय काभ्रेमा विप्लव समूह सक्रिय रहेको सूचनाका आधारमा विशेष अपरेसनका लागि प्रहरी प्रधान कार्यालय र महानगरीय प्रहरी अपराध महाशाखाबाट संयुक्त प्रहरी टोली खटिएको थियो। सो टोली रोशी गाउँपालिकामा पुगेपछि गोली प्रहार भएको थियो। प्रहरीले दुई नेतालाई नियन्त्रणमा लिएको पुष्टि गरे पनि उनीहरुको पहिचान खुलाएको छैन।

‘दुईजनालाई नियन्त्रणमा लिएका छौं,’ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले राति नागरिकसँग भने, ‘तर मानवीय क्षति भने भएको छैन।’

सरकारले फागुन २८ गते विप्लव समूहलाई प्रतिबन्ध लगाएपछि गृह मन्त्रालयले हतियारसहित कोही फेला परे गोली हान्न लिखित परिपत्र मातहतका सबै निकायलाई पठाएको थियो।

प्रकाशित: ६ चैत्र २०७५ ०१:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App