७ वैशाख २०८१ शुक्रबार
खेल

कोपा अमेरिकामा कोलम्बिया तेस्रो

न्युवोर्क– आयोजक अमेरिकालाई पराजित गर्दै कोलम्बियाले कोपा अमेरिका सिसिनारियोमा तेस्रो स्थान हात पारेको छ।
आइतबार बिहान सम्पन्न खेलमा कोलम्बियाले अमेरिकालाई १–० गोल अन्तरले पराजित गरेको हो। खेलको ३१ औं मिनेटमा बाकाले गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलमा कुनै गोल भएन र खेल कोलम्बियाले १–० गोलले जित्यो ।

खेलको ९० आैं मिनेटमा कोलम्बियाका आयसर र अमेरिकाका ओरन्जोल एक आपसमा भिड्दा खेल केही तनावपूर्ण बनेको थियो।उनीहरु दुवैलाई रेफ्रिले रेड कार्ड देखाउँदै मैदान बाहिर पठाउँदा दुवै टोली १० जना खेलाडीमा सीमित भएका थिए।

 

प्रकाशित: १२ असार २०७३ ०६:११ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App