coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

दाउफिन्सलाई माइभ्याली गोल्डकप

इलाम – क्यामरुनी टोली दाउफिन्स क्लबले पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको उपाधि उचालेको छ। मंगलबारको फाइनलमा हिमालयन शेर्पा क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै दाउफिन्सले गोल्डकप आफ्नो कब्जामा पारेको हो। 

खेल अवधिभर शेर्पालाई आफ्नो कब्जामा पारेको दाउफिन्सका यान्मिक ओवोन्ना र पेटंगाले १÷१ गोल गरे। ओवोन्नाले पहिलो हाफमा  शेर्पाको पेनाल्टी एरियामा विपक्षी दुई खेलाडीलाई बिट गरेर गोल गरे। त्यसको केही मिनेटपछि नै मेसुकेले प्रहार गरेको कर्नर किकलाई पेटंगाले विपक्षी शेर्पाको गोलपोस्टमा जाली चुमाए। पहिलो पटक इलामे मैदानमा उत्रिएको दाउफिन्स र शेर्पा दुवैले इलामे दर्शकको समर्थन पाएका थिए।

दाउफिन्सले विभागीय टोली सशस्त्र प्रहरीको एपिएफलाई क्वार्टरफाइनलमा र यसअघि इलाममा आयोजना गरिएको भूकम्प स्मृति कपको ३ पटकको विजेता अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई सेमिफाइनलमा हराएको थियो।

पहिलो पटक इलामे मैदानमा उत्रिएको दाउफिन्स र शेर्पा दुवैले इलामे दर्शकको समर्थन पाएका थिए।

शेर्पाले हङकङको नेप्लिज फुटबल एकाडेमीलाई प्रि–क्वार्टर, डिफेन्डिङ च्याम्पियन थ्री स्टार क्लबलाई क्वार्टर र मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई सेमिफाइलनमा हराएको थियो। विजयी हुँदै दाउफिन्सले नगद ७ लाख रुपैयाँको ‘मेयर्स प्राइज’ हात पारेको छ। शेर्पाले उपविजेता हुँदै ४ लाख नगदमा चित्त बुझायो। फाइनल खेलको म्यान अफ दी म्याच हिमालयन शेर्पाका भीषण गुरुङ घोषित भए। 

पाँचौं संस्करणको सर्वाेत्कृष्ट खेलाडी हिमालयन शेर्पा क्लबका बलरक्षक किशोर गिरी घोषित भए। उनले १ सय ६० सिसीको अपाचे मोटरसाइकल हात पारे। उत्कृष्ट बलरक्षक दाउफिन्स क्लबका पिसो, डिफेन्डर दाउफिन्सकै ओको बोटा, मिडफिल्डर शेर्पाका त्रिदेव गुरुङ, फरवार्ड दाउफिन्सका पेटंगा, प्रशिक्षक दाउफिन्सकै वाम्बा घोषित भए। प्रतियोगिताभर ४ गोल गरेका शेर्पाका सुनील खड्काले सर्वाधिक गोलकर्ताको पुरस्कार पाए। 

विजेताहरूलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मालगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे। गत फागुन २६ मा सुरु पाँचौं संस्करणमा देश र देशबाहिरका १० टोली सहभागी थिए। दाउफिन्स, शेर्पा, ३ विभागीय टोली त्रिभुवन आर्मी, एफिएफ र नेपाल पुलिस, काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर, थ्री स्टार, नेप्लिज फुटबल एकाडेमी, दार्जिलिङ युनाइटेड र आयोजक माइभ्याली क्लब प्रतियोगितामा सहभागी भए।

प्रतियोगिताको पहिलो पुरस्कार राशि गत वर्षदेखि इलाम नगरपालिकाले उपलब्ध गराइरहेको छ। माइभ्यालीको पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लब, दोस्रो तथा तेस्रो संस्करणको उपाधि रमपम झापा–११ र तेस्रो उपाधि थ्री स्टार क्लबले जितेका थिए।

प्रकाशित: ६ चैत्र २०७५ ००:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App