coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बहुबिवाह गर्ने जाेडी कारागार चलान

भोजपुर- जिल्ला अदालतले बहुविवाहको अभियोगमा एक जोडीलाई जेल चलान गर्न आदेश दिएको छ। 

अदालतले रामप्रसाद राई गाउँपालिका–२ घोद्लेखानीका २३ वर्षीय लालबहादुर दर्जी र हतुवागढी गाउँपालिका–२ रानीबास लुङ्गी घर भएका १९ वर्षीय निर्मला दर्जीलाई जनही एक वर्ष ६ महीना कैद, रु १५ हजार जरिवानासँगै पीडितलाई रु ३० हजार क्षतिपूर्ति भराउने फैसला गरेको जिल्ला निमित्त स्रेस्तेदार नवीन कोइरालाले जानकारी दिए। 

जिल्ला न्यायाधीश हरिश्चन्द्र इङनामको एकल इजलासले मुलुकी अपराधसंहिता ऐन २०७४ को दफा १७५ को उपदफा १ र २ बमोजिम कसुर गरेको ठहर भएपछि सोही ऐनको दफा १७५ को उपदफा ४ बमोजिम सजाए तोकेको हो। लालबहादुरले निर्मलालाई गत माघ ३ गते दोस्रो श्रीमतीका रुपमा विवाह गरेका थिए। उनीहरुलाई जेठी श्रीमती प्रमिला दर्जीको जाहेरीपछि गत माघ १० गते पक्राउ गरिएको थियो। 

प्रकाशित: ५ चैत्र २०७५ १६:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App