coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

विप्लव र सरकारलाई सचेत गराउँदै कांग्रेसले भन्यो : नागरिकको जीवनप्रति गम्भीर बन

फाइल तस्बिर

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई शान्तिपूर्ण राजनीतिमा आउन अपिल गरेको छ। सभापति शेरबहादुर देउवाको अध्यक्षतामा मंगलवार बसेको केन्द्रीय समिति बैठकले हत्या, हिंसा र चन्दा आतंकको मार्ग परित्याग गरेर शान्तिपूर्ण राजनीतिमा आउन विप्लव समूहलाई अपिल गरेको हो। 

बैठकले निषेधको मार्गबाट नभई वार्ताको माध्यमबाट विप्लव समूहलाई विश्वासमा लिन शासकीय योग्यता प्रस्तुत गर्न सरकारलाई पनि आग्रह गरेको छ। दशक लामो हिंसाबाट जर्जर भएको मुलुकले भर्खरै मात्र शान्ति प्राप्त गरेको स्मरण गर्दै बैठकले सत्तारुढ र विद्रोही नेकपा दुबैलाई नागरिकको जीवनप्रति गम्भीर बन्न सचेतसमेत गराएको छ। 

बैठकले राष्ट्रिय संवेदनशीलताका विषयमा कुनै पनि महत्वपूर्ण निर्णय गर्नु अघि र पछि पनि प्रमुख प्रतिपक्षलाई विश्वासमा लिने संसदीय लोकतन्त्रको परम्परा र संविधानको मर्म अनुरुपको अभ्यासलाई वर्तमान सरकारले त्याग गरिरहेको विषयप्रति गम्भीर आपत्ति प्रकट गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ।

प्रकाशित: ५ चैत्र २०७५ १४:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App