८ वैशाख २०८१ शनिबार
अर्थ

यात्रु बिमा १५ लाख बनाइँदै

काठमाडौं –सरकारले यात्रु बिमा बढाएर १५ लाख रुपैयाँ पु-याउने भएको छ। यसअघि ५ लाख थियो। सवारी यात्राका क्रममा दुर्घटना भई दीर्घ रोग लागेमा सात लाख रुपैयाँ बिमावापत सरकारले दिने व्यवस्था गरेको छ। त्यस्तै घाइते भए यात्रुले तीन लाख पाउँछन्। 

यातायात व्यवस्था विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले यात्रुको बिमा बढाउन विभागले गृहकार्य अघि बढाएको बताए। यसका लागि करिब दुई महिनाअघि बिमा समिति पठाएका छौं,’ उनले भने, ‘समितिबाट सहमति भएर आएपछि यात्रुले अधिकतम १५ लाख रुपैयाँसम्म बिमाको रकम पाउनेछन्। 

यात्रु बिमा बढाउने निर्णय सहितको डकुमेण्ट समितिमा आए पनि यसमा अहिले कुनै छलफल अघि नबढेको समितिका उपनिर्देशक शाम्भराज लामिछानेले बताए। केही समयअघि विभागले बिमा रकम बढाउने सम्बन्धमा बिमा कम्पनीहरूसँग कसले कति गर्न सक्ने भनी बोलपत्र आह्वान गरेको थियो। 

तर, त्यसमा बिमा व्यवसायी कम्पनीहरूले कुनैले पनि आवेदन दिएनन्।‘पछि बिमा समिति, बिमा व्यवसाय कम्पनी र विभागबीच त्रिपक्षीय छलफल भई बिमा शुल्क बढाउने छलफल भएको थियो,’ लामिछानेले भने, ‘बिमा सेवा सुविधा बढाउन मोटर बिमासम्बन्धी ऐन र निर्देशिका संशोधन गर्नुपर्छ।’ 

 

प्रकाशित: ५ चैत्र २०७५ १३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App