अनुदानले बढायो कृषिमा यान्त्रीकरण

मङ्गलबार, ०५ चैत २०७५, १५ : ५४ मुक्तिप्रसाद न्यौपाने

पाल्पा – पाल्पामा पछिल्लो समय कृषिमा यान्त्रीकरण बढेको छ। जिल्लाका दश वटै स्थानीय तहले कृषि उपकरण खरिदमा किसानलाई ५० प्रतिशत अनुदान दिएका छन्। रम्भा गाउँपालिकाले यस वर्ष १५ वटा हाते ट्रयाक्टर वितरण गरेको छ।

परम्परागत प्रविधिबाट उत्पादन बढाउन नसकेको भन्दै यान्त्रीकरणमा जोड दिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए। उनी भन्छन्, ‘युवाहरू विदेश पलायन भएपछि गाउँमा मानिसहरूको संख्यामा कमी हुँदै गएको छ।

देशमै बसेर रोजगारी सिर्जना गर्न हामीले कृषिमा अनुदान उपलब्ध गराएका छौं। यान्त्रीकरण, बीउबिजन तथा प्राविधिक सहयोग गाउँपालिकाले गरेको छ।’ गाउँपालिका–१, का कृषक गोपालप्रसाद पाठक हाते ट्रयाक्टर पाएकोमा खुसी देखिन्थे। उनले गाउँघरमा गोरु पाल्न छाडेपछि खेतबारी खनजोत गर्न समस्या परेको बताए। उनी भन्छन्, ‘हाते ट्रयाक्टर मिनि टिलरले हामीलाई काम गर्दा फुर्सद मिल्छ। मेलापात गर्नेहरूको संख्यामा कमी आएको छ। दुई दिनसम्म लाग्ने काम एक घण्टामा गर्न सकिने भएको छ।’

रम्भा गाउँपालिका–५ का कृषक मेखबहादुर थापा भन्छन्, ‘एक जना कामदारलाई दिउँसोको काम लगाउँदा पाँच सय भन्दा बढी ज्याला दिनुपर्छ, समय पनि धेरै लाग्ने, खर्च पनि धेरै हुदो रहेछ, हिजोआज दुई–तीन दिन लाग्ने काम एक घण्टामै गर्न सकिने भएको छ।’ जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालले २५ देखि ८५ प्रतिशतसम्म अनुदानमा आधुनिक औजार लैजाने र त्यसको दुरुपयोग गर्ने पनि रहेकाले यसतर्फ ध्यान दिनुपर्ने बताए। उनी भन्छन्, ‘कृषिमा यान्त्रीकरण हुनु राम्रो हो।

मेसिन प्रयोगले थोरै समयमा कम मिहिनेत, परिश्रम र लगानी लगाएर उच्च प्रतिफल पाउने भएकाले यसतर्फ आकर्षण बढेको छ। पछिल्लो समय खेत–बारी जोत्न मिनी टिलर, पावर टिलर, धान–गहुँ झाँट्न थ्रेसर, मकै छोडाउने कर्न सेलर, पानी तान्न समर सिलर पम्पजस्ता मेसिनको प्रयोग बढेको छ। तर, यसको व्यवस्थित प्रयोग गरिनुपर्छ।’ रम्भा गाउँपालिकाले चालु आर्थिक वर्ष २०७५÷७६ मा कृषकहरूलाई प्रोत्साहन गर्न भन्दै गाईभैंसी, बाख्रा, कुखुरा र बंगुर पालन गर्ने किसानहरूलाई अनुदान दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकालले बताए। उनले ५ वटा भैंसी हुनेहरूका लागि २ लाख रुपैयाँ, बाख्रापालक तथा बंगुर पालकलाई १ लाख रुपैयाँ र कुखुरा पालन गर्नेहरूलाई ४० हजार रुपैयाँ अनुदान दिएको बताए। कृषि यान्त्रीकरणमा गाउँपालिकाले ५० प्रतिशत अनुदान दिँदै आएको ढकालले बताए। 

जिल्लामा बढ्दो यान्त्रीकरणको विकास र प्रयोग हुँदै जादा भने काम गरेर खाने श्रमिक, मजदुर विस्थापित भएका छन। कृषि र अन्य क्षेत्रमा विभिन्न यान्त्रीकरणको प्रयोग हुन थालेपछि ज्यालादारीमा काम गरेर जीवन गुजारा गर्ने सयौँ श्रमिक र मजदुरको आम्दानीको स्रोतमा कमी आएको छ। परम्परागत कृषि औजारको सट्टा खनजोत गर्ने हाते ट्रयाक्टर, पावर टिलर, बीउ रोप्ने मेसिन, धान काट्ने मेसिन, गहुँ ठटाउने र धान झाट्ने यन्त्रको बढ्दो प्रयोग हुन थालेपछि कृषि व्यवसायमा आवद्ध कृषि मजदुरकोस्थिति भने दयनीय बन्दै गएको छ। 

‘आधुनिक प्रविधिका कारण घरमा भएका हल गोरु एक वर्षअघि नै बिक्री गरिसके। गोरु पाल्न र त्यसपछि जोत्ने कुराभन्दा पनि मेसिनरी प्रयोगले धेरै सजिलो हुन्छ,’ तानसेन नगरपालिका–८ का नरबहादुर सार्कीले भने, ‘अहिले गाउँघरमा गोरु पाल्ने भेट्नै मुस्किल छ।’ सार्कीले १५ रोपनी बारी लिजमा लिएर व्यावसायिक तरकारी खेती गरेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका वरिष्ठ कृषि विकास अधिकृत रामप्रसाद पाण्डेयले कृषि श्रम गर्ने व्यक्तिहरूको पलायन भइरहँदा उत्पादन लागत घटाउन आधुनिक उपकरणले सहयोग पुगेको बताए। 

 







यसमा तपाईको मत

अन्य समाचार

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलक्षित एक हजार रुपैयाँमामा बचत खाता खोल्ने गरी प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad