coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बुध्द एयरले भित्र्यायो १२ औं एटीआर जहाज

काठमाडौं- बुध्द एयरले १२ औं एटीआर जहाज भित्र्याएको छ। नाइन एन एएमवाई कलसाइन रहेको जहाज सोमबार बेलुकी त्रिभुवन अन्तर्रास्ट्रिय  विमानस्थलमा अवतरण गरेको हो। कम्पनीसँग थपिएको जहाजसहित ७ वटा एटिआर ७२–५०० तीनवटा एटिआर ४२–३२० र दुईवटा बीचक्राफ्ट १९०० डी रहेको छ।
नयाँ जहाजको रंगरोगन तथा प्राविधिक कार्यपश्चात अर्को महिनाबाट उडान बुध्द एयरले भर्नेछ। थपिएको जहाजले नियमिति मर्मत सम्भार तथा उडान वृद्धि गर्न सहयोग पुर्याउने छ। 

बुध्द एयर आगामी आगामी जेठ १३ बाट एटिआर ७२–५०० बाट भारतको कोलकोता पनि उडान भर्नेछ। भारतीय तथा नेपाली यात्रुको लागि हवाईटिकटसहित विभिन्न धार्मिक तथा पर्यटकीय प्याकेजको पनि व्यवस्था गरेको छ।

 

 

प्रकाशित: ५ चैत्र २०७५ ०९:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App