८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

जेल जानबाट मुकेश अम्वानीले यसरी जोगाए भाइ अनिललाई

काठमाडौं- मुकेश अम्वानीले आफ्ना भाइ अनिल अम्वानीलाई जेल जानबाट बचाएका छन्। रिलायन्स कम्युनिकेसनका अध्यक्ष अनिलले एरिक्सनको तय गरेको समय सीमामा ७.७ करोड डलर भुक्तान गर्न नसक्दा जेल जाने स्थिति आएको थियो।

यस अघि अनिलले अदालतका आदेशका कारण ऋण भुक्तान गर्न सकेका थिएनन्। यस पटक अदालतको मानहानीका कारण जेल जाने स्थिति आएको थियो। तर यस पटक मुकेश अम्वानीले उनलाई बचाएका छन्।

आफुलाई कठिन परिस्थितिमा सहयोग गरेको भन्दै दाई मुकेश र भाउजु नीतिलाई अनिल अम्वानीले धन्यवाद दिएका छन्। उनले भनेका छन्,’ कठिन समयमा मलाई परिवारको साथ प्राप्त भयो। यसले हाम्रो परिवारको आदर्शलाई देखाउँछ। जुन समय मलाई परिवारको सवैभन्दा बढी सहयोग आवश्यक थियो मेरो परिवार म सँगै खडा भयो।’

एक समय दुवै भाइहरुको सम्वन्ध राम्रो नभएको र प्रतिस्पर्धा रहेको बीबीसीले उल्लेख गरेको छ।

अनिल अम्वानीले अघिल्लो वर्ष नै सालको अन्तिममा एरिक्सनको कर्जा तिरिसक्ने बताएका थिए। सोमबार स्वीडेनको टेलिकम ग्रुम एरिक्सनले उसले रिलायन्सबाट रकम गरेको बताएको छ।

भारतको सुप्रीम कोर्टले चार हप्ता भित्र एरिक्सनको पैसा नतिरे अनिल अम्वानी र उनका दुई सहयोगी तीन महिनाको लागि जेल जान पर्ने भनेको थियो।

सन् २००८ मा अनिल अम्वानी रिलायन्स कम्युनिकेसनका साथ विश्वका आठ अनी व्यक्तिमा रहेका थिए। अदालतको मानहानीमा दोषी देखिएका अनिल अम्वानी भारतका दस्रो उद्योगपति हुन्। यस अघि सहारा ग्रुपका सब्रत राँय मानहानीमा दोषी देखिएका थिए।

अनिल अम्वानी जीवनको सबैभन्दा कठिन परिस्थितिसँग जुधिरहेका छन्। नरेन्द्र मोदी सरकारले फ्रान्सबाट ल्याउने भनेको  लडाकु विमान रफालको डिलमा पनि उनी मुख्य विपक्षी दल कांग्रेसका प्रमुख राहुल गान्धीको निसानामा छन्।

 

 

प्रकाशित: ५ चैत्र २०७५ ०६:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App