दुर्घटनामा विद्यार्थीको मृत्यु

मङ्गलबार, ०५ चैत २०७५, ११ : २० नागरिक

चितवन – जिल्लाको रत्ननगर नगरपालिका–१० को निपनी चोकमा बोलेरोले ठक्कर दिँदा सोही ठाउँ निवासी १४ वर्षीय वसन्त थापाको मृत्यु भएको छ। ना४च ५००७ नम्बरको बोलेरोले सोमबार बिहान ९ः३० बजे थापालाई ठक्कर दिएको थियो।

कक्षा ८ मा अध्ययनरत बालकको उपचारका लागि चितवन मेडिकल कलेज पु-याए पनि डाक्टरले मृत घोषणा गरेका थिए। आफ्नो जन्मदिन परेकाले साथीहरूलाई ख्वाउन चकलेट लिन भनी बिहानको अतिरिक्त कक्षा सकेर उनी घर फर्किदै थिए।

साइकलमा बाटो पार गर्ने क्रममा जेब्राक्रसिङमा बोलेरोले वसन्तलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए। बोलेरो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सोही क्रममा बोलेरोमा आगजनी गर्न खोज्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिइए पनि स्थानीय जनप्रतिनिधिको रोहवरमा नियन्त्रणमा लिइएका व्यक्ति छाडिएको उनले बताए।








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad