८ वैशाख २०८१ शनिबार
राजनीति

संविधानलाई सर्वस्वीकार्य बनाउनु पहिलो आवश्यकताः श्रेष्ठ

 महेशकुमार दास

महोत्तरी–माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संविधानलाई परिमार्जन गरी सर्वस्वीकार्य बनाउनु अहिलेको प्रमुख आवश्यकता रहेको बताएका छन्।  
माओवादी केन्द्र बर्दिबास नगर समिति बर्दिबासले शुक्रबार बर्दिवासमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै  नेता श्रेष्ठले संविधानमा सबै वर्ग, लिंग, जातजातिको माग र मधेसीले प्रमुखताका साथ उठाउँदै आएको सीमांकन लगायतका मुद्दालाई सम्बोधन गर्न संविधान संशोधन गर्नु आवश्यक रहेको बताए। ‘लामो समयदेखि संविधानमा असंन्तुष्टि जनाउँदै आएका मधेसी दललगायत सबै वर्ग, लिंग जातजातिले उठाएको मागलाई संविधान संशोधनमार्फत सम्बोधन गर्नुअति आवश्यक छ,’ उनले भने, ‘उत्पीडित वर्गको केही अधिकार र माग छुटेको छ ती मागलाई सम्बोधन गर्न संविधान परिमार्जनको आवश्यक छ।’

विश्वको संविधान भन्दा नेपालको संविधान मौलिक अधिकारको सवालमा उत्कृष्ट रहेको दाबी ‘छुटेका मागको लागि संघर्ष गरौं र प्राप्त उपलब्धिलाई संविधान कार्यान्वयन गरी संस्थागत गरौं,’ उनले भने।   मधेसी दलले उठाउँदै आएको नागरिकताको सवालमा संविधानले नागरिकता सम्बन्धि सवै माग पूरा गरी सकेको जिकिर गर्दै उनले भने,‘ नागरिकताको सवालमा कुनै माग बाँकी छैन ,अंगीकृत नागरिकता लिएको व्यक्ति देशको उच्च पदमा जान पाउनु पर्ने व्यवस्था विश्वको कुनै पनि देशमा नरहेकोले नेपालमा पनि त्यस्तो सम्भव छैन।’

नेकपा एमाले र कांग्रेसको हठका कारण थारु समुदायको माग संविधानमा संस्थागत हुननसकेको उनले दाबी गरे। दुई नम्बर प्रदेश आफैमा पहिचानसहितको प्रदेश रहेकोले सम्झौता, सहमति र छलफलको बाटो अपनाएर समस्याको निकास निकाल्न मधेसी दलपनि गम्भीर हुनु पर्ने उनले उल्लेख गरे।  शान्ति प्रक्रियालाई टुंगोे नलगाए द्वन्द्वकालीन घाउ बल्झिरहने भएकाले द्वन्द्वकालीन मुद्दालाई तत्काल निष्कर्ष लगाउनु पर्ने नेता श्रेष्ठले बताए।  

सोही कार्यक्रममा सहभागि माओवादी केन्द्रका अर्का नेता तथा महोत्तरी क्षेत्र नम्बर १ का सभासद गिरीराजमणि पोखरेलले संविधान संशोधनको लागि नेकपा एमाले गम्भिर बन्नु पर्ने बताए। ‘संविधान संशोधनप्रति नेकपा एमाले सकारात्मक बनी संविधान कार्यान्वयन तर्फ गम्भिर हुनुपर्छ,’ उनले भने

 

प्रकाशित: २८ आश्विन २०७३ ०८:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App