७ वैशाख २०८१ शुक्रबार
समाज

गाडीको ठक्करबाट एक विद्यार्थीको मृत्यु

चितवन- पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १० को निपनी चोकमा बोलेरोले ठक्कर दिँदा विद्यार्थी मृत्यु भएको छ। रत्ननगर १० कै कैलाश टोलका १४ वर्षिय वसन्त थापालाई ना ४ च ५००७ नम्बरको बोलेरोले सोमबार बिहान ९:३० बजे ठक्कर दिएको थियो।

लाईसियम इन्टरनेशनल मोर्डन स्कुलमा आठ कक्षामा अध्ययनरत बालकको उपचारका लागि चितवन मेडिकल कलेज पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। सोमवार मात्रै १४ वर्ष पुरा गरि १५ वर्षमा प्रवेश गरेका वसन्त  साथीहरुलाई चकलेट खुवाउने योजना सहित विहानको अतिरिक्त कक्षा सकेर घर फर्किदै थिए।

बालकलाई साईकलमा बाटो पार गर्ने क्रममा जेब्राक्रसिङमा बोलेरोले ठक्कर दिएको ईलाका प्रहरी कार्यालय टाँडीका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिए।

चालकलाई कारबाही र क्षतिपुर्तीको माग राख्दै वसन्तका साथीहरु, आफन्त तथा स्थानीयवासीले करिव तीन घण्टा सडक अवरुद्ध गरेका थिए। प्रहरीले बल प्रयोग गरेर सडक खुलाएको छ। स्थानीयवासीले ढुंगा प्रहार गर्न थालेपछि प्रहरीले तीन सेल अश्रुग्याँस प्रहार गरेको थियो।

 

प्रकाशित: ४ चैत्र २०७५ १२:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App