coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसद्वारा संसद बैठक अबरुद्ध

अाइतबार बसेकाे व्यवस्थापिका संसदमा अाफ्नाे अाशनबाट उठर विराेध गर्दै कांग्रेस सांसद। तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं–प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आइतबार बसेको व्यवस्थापिका संसद बैठकमा अवरोध गरेको छ। बैठक सुरु हुनासाथ सभामुखसँग समय लिएर कांग्रेस सांसद अर्जुन नरसिंह केसीले सरकारको चर्को आलोचना गर्दै आफूहरुले उठाएका माग पूरा नभएसम्म संसद चल्न नलिने बताएका थिए।

उनले सरकारले भूकम्प गएको १४ महिनासम्म पनि पीडितलाई राहत नदिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ।
केसीले बोलिसकेपछि कांग्रेस सांसदहरु आफ्नो आशनबाट उठेर विरोध जनाएका थिए। सभामुखले बारम्बार आग्रह गर्दासमेत उनीहरु विरोध जनाएका थिए। सांसद मोहन बस्नेतले अफगानीस्तानमा मृत्यु भएका नेपालीप्रति आफूहरुले पनि दुख व्यक्त गरिसकेको भन्दै सो भावनात्मक कुराको आडमा सरकारले २० लाख भूकम्प पीडितमाथि खेलवाड गरेको अरोप लगाए।

आइतबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले विपक्षीले उठाएका विषयको जवाफ दिने कार्यक्रम थियो। प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने विषयको जानकारी गराएपछि कांग्रेसका सांसद झन आक्रोशित भएका थिए। प्रधानमन्त्रीले संसदमा अफगानीस्तानमा मृत्यु भएका नेपालीको विषयमा संसदलाई जानकारी गराउने कार्यसूचि थियो।

कांग्रेसले लाखौं नेपाली अझै पनि राहत नपाएर छानो मुनी आउन नसकेको भन्दै त्यस विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए। अफगानीस्तानको विषयमा आफूहरु पनि संवेदनशील भएको भन्दै सो विषयमा संसदको अर्को बैठकमा छलफल गर्नुपर्ने तर तत्काल भूकम्प पीडितको विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने अडान राखेपछि संसद बैठक स्थगित भएको छ।

 

प्रकाशित: १२ असार २०७३ ०६:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App