८ वैशाख २०८१ शनिबार
समाज

मिनी ट्रक दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते

धादिङ– धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ तिलारमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। 

खहरेबाट कार्कीगाउँतर्फ ढुङ्गा लोेड गरी जाँदै गरेको ग १ ख ५९५९ नम्बरको स्वराज मिनी ट्रक सोमबार बिहान आफै अनियन्त्रित भई सडकबाट १५ मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ७ बस्ने २८ वर्षीय अर्जुन भुजेलको मृत्यु भएको छ। 

त्यस्तै त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ बस्ने चालक २८ वर्षीय राजेश भण्डारी, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ७ बस्ने २५ वर्षीय तिलक श्रेष्ठ, सोही ठाउँका २५ वर्षीय बिमला तिमल्सिना, २६ वर्षीय विष्णु सुर्खेती घाइते भएका छन्।

दुर्घटनामा घाइते भएका चालक भण्डारी र घाइते श्रेष्ठको काठमाडौंस्थित ट्रमा सेन्टरमा र अन्य दुई जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय ले जानकारी दिएको छ। 

प्रकाशित: ४ चैत्र २०७५ ११:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App