१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस केन्द्रीय समितिको बैठक अझै बस्न सकेन

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक ११ बजे बोलाइए पनि अझै बस्न सकेको छैन। सभापति शेरबहादुर देउवाले अनुशासन समिति गठनका लागि बैठक आह्वान गरेका थिए। 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संसदमा उपस्थिती हुनुपर्ने भएकाले निर्धारित समयमा केन्द्रीय समितिको बैठक बस्न नसकेको बताए। ‘संसद बैठक सकिएपछि समितिको बैठक बस्ला’, उनले भने। 

अनुशासन समितिमा देउवाले आफू निकट भिष्मराज आङ्दम्बेलाई अघि सारेपछि सहमति जुटेको छैन्। यता सभापतिको यो तयारीविरुद्ध कृष्ण सिटौला र रामचन्द्र पौडेल समूहले बैठक अबरुद्ध गर्ने रणनीति लिएका छन्। महासमितिले दिएको निर्देशन विपरित विधान अनुमोदन गरेको उनीहरुको आरोप छ। 

काँग्रेसको अनुशासन र निर्वाचन समिति बनाउँदा सर्वसम्मत ढङ्गले बनाउनु पर्ने असन्तुष्ट समूहको माग छ। दुई समूहको किचलोले केन्द्रीय समितिको बैठक बस्न सकेको छैन। सम्भवतः आजको बैठक स्थगित हुनसक्ने असन्तुष्ट समूहका एक नेताले बताए। 

प्रकाशित: ४ चैत्र २०७५ ०९:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App