coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संसदमा राजपाको अवरोध, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संसद बैठकमा अवरोध गरेको छ। सोमवार दिउँसो २ बजेपछि बसेको प्रतिनिधिसभा बैठकमा गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाका सांसदले अवरोध गरेका हुन्। 

सभामुखले बैठकमा कारवाही अगाडि बढाउन खोज्दा राजपाका सांसदहरुले उठेर अवरोध गरेका थिए। अवरोधकै बीच सभामुख कृष्णबहादुर महराले राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झालाई बोल्नका लागि समय दिए। झाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै लगातार तीन दिन बैठकमा अवरोध गर्दा पनि सरकारले नसुनेको गुनासो गरे। प्रतिवेदन सार्वजनिक हुने वितिकै मधेस र थरुहट आन्दोलनमा राज्य र आन्दोलनकारी पक्षबाट भएका गतिविधि छर्लंग हुने भन्दै उनले सरकारले त्यसलाई सार्वजनिक नगरेर सत्यलाई लुकाउन खोजिरहेको आरोप लगाए। उनले प्रतिवेदन सार्वजनिक नभएसम्म राजपाले सदनको कारवाही चल्न नदिने पनि स्पष्ट पारे। 

झा बोलिसकेपछि सभामुख महराले राजपाका सांसदलाई बस्न आग्रह गरे। तर, उनीहरु उभिरहेपछि १० मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरियो। 

प्रकाशित: ४ चैत्र २०७५ ०८:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App