coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सात सय ११ स्थानीय तहमा पुग्यो वाणिज्य बैंक

काठमाडौं – चालु आर्थिक वर्षको माघ महिनासम्म सात सय ११ स्थानीय तहमा वाणिज्य बैंक शाखा पुगेको छ । अब ४२ स्थानीय तहमामात्रै बैंक पुग्न बाँकी रहेको राष्ट्र बैंकले जनाएको  छ ।

प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी प्रदेश १ मा एक २९ स्थानमा बैंक शाखा पुगेको छ। प्रदेश २ मा एक सय ३३, प्रदेश ३ मा एक १४ स्थानीय तहमा बैंक शाखा पुगेर सो स्थानका आमजनतालाई सेवा दिइरहेका छन्।

त्यस्तै गण्डकी प्रदेकमा ८५ वटा स्थानीय तहमा ८२ स्थानमा बैंक शाखा पुगेको छ। प्रदेश ५ मा अब दुई स्थानमात्र वाणिज्य बैंकको शाखा पुग्न वाँकी रहेको छ । उक्त प्रदेशमा एक सय नौ वटा स्थानीय तह रहेको छ।

कर्णाली प्रदेशमा ६४ स्थानीय तहमा बैंक शाखा विस्तार भएको छ। अब पाँच वटा स्थानीय तहमा बैंक शाखा पुग्न वाँकी रहेको छ । सूदुरपश्चिम प्रदेशमा ८८ स्थानीय तहमध्ये ८२ स्थानमा बैंक शाखा पुगेको छ।

प्रकाशित: ४ चैत्र २०७५ ०६:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App