coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

विषालु गोमन सर्पको डसाइबाट महिलाको मृत्यु

गौशाला-महोत्तरीको मटिहानी गाविसमा गएराति विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा मटिहानी–१ बस्ने ३८ वर्षीया हलिमा खातुन रहेकी छिन् । हिजो साँझ घर नजिकैको वनमा घाँस काट्न गएकी हलिमालाई गोमन सर्पले टोकेको थियो ।

उनलाई राति नै उपचारका लागि भारत बिहारको दरभङ्गा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनका ससुरा अघनु कवारीले बताए । रासस

प्रकाशित: २८ आश्विन २०७३ ०७:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App