सुरक्षा सतर्कता अपनाउन निर्देशन

सोमबार, ०४ चैत २०७५, ०७ : ०६ मातृका दाहाल  | @Dahalmatrika

काठमाडौं - सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबाट राष्ट्रिय गौरवका आयोजना र स्थानीय सरकारअन्तर्गतका विकास परियोजना अवरुद्ध हुनसक्ने भन्दै प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन सुरक्षा निकायहरुलाई निर्देशन दिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई विशेष परिपत्र गर्दै रक्षा मन्त्रालय र गृह मन्त्रालयले प्रतिबन्धित नेकपा सम्बद्ध नेता÷कार्यकर्ताको निगरानी गर्न तथा विकास–निर्माणका आयोजनामा आवश्यक सुरक्षा सावधानी अपनाउन निर्देशन दिएका हुन्।

गृह र रक्षा मन्त्रालयले स्थानीय तहका प्रशासनिक तथा विकास निर्माणसम्बन्धी काममा पनि सुरक्षा सावधानी अपनाउन परिपत्र गरेका छन्। ‘सुरक्षा निकायहरुको प्रभावकारी समन्वयमा राष्ट्रिय गौरवका आयोजना/परियोजना, विकास–निर्माण तथा स्थानीय निकायका कामकारबाही सुरक्षाका कारण प्रभावित हुन नदिने वातावरण तयार गर्ने’,

चारवटै सुरक्षा निकायले सातवटै प्रदेशमा रहेका युनिटलाई गरेको विशेष परिपत्रमा उल्लेख छ। उक्त परिपत्रमा विप्लव समूहबाट लक्षित हुनसक्ने व्यक्ति, कार्यालय, संघसंस्था तथा भौतिक संरचनाको पहिचान गरी भरपर्दो सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइएको छ। गृह र रक्षाको परिपत्रपछि चारवटै सुरक्षा निकायले मातहतका युनिटलाई सुरता सतर्कता अपनाउने निर्देशन दिएका छन्।

फागुन २८ गते मन्त्रिपरिषद्ले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाइसकेको छ। त्यसअघि केन्द्रीय सुरक्षा समितिको बैठकले विप्लव नेकपालाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाइनुभन्दा २ साताअघि नै गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले राष्ट्रिय परियोजना ध्वस्त पार्ने विप्लवको योजना रहेको विश्लेषण गरेको थियो। सोही बैठकले सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई विप्लव नेकपाप्रति कडा कदम चाल्नुपर्ने निष्कर्ष निकालेको थियो। मन्त्रिपरिषद्ले सुरक्षा समितिको बैठकबाट भएको निर्णयलाई अनुमोदन गरेको एक सुरक्षा अधिकारीले बताए।

देशमा राष्ट्रिय गौरवका २१ र केन्द्र सरकार मातहत ३ सयभन्दा बढी विकास आयोजना निर्माणाधीन छन्। यी परियोजनाका लागि चालु आवमा सरकारले वार्षिक १ खर्बभन्दा बढी बजेट विनियोजन गरेको छ। भेरी बबई डाइभर्सन, सिक्टा सिँचाइ, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग, मेलम्ची खानेपानी, पशुपति क्षेत्र विकास गुरुयोजना, बूढीगण्डकी जलविद्युत्, माथिल्लो तामाकोसी जलविद्युत्, निजगढ अन्तर्राष्ट्रिय विमानस्थललगायत राष्ट्रिय गौरवका आयोजना निर्माणाधिन छन्। विप्लव समूहबाट हतियार तथा विस्फोटक पदार्थ ओसारपसार, भण्डारणलगायत कार्यमा निगरानी राख्न सुरक्षा निकायलाई परिपत्र गरिएको छ। गृह मन्त्रालयबाट प्राप्त विवरण अनुसार केन्द्रीय सुरक्षा समिति बैठकले विप्लव समूहका नेता÷कार्यकर्तामाथि फौजदारी अपराध (संहिता) अनुसार कारबाही गर्न निर्देशन दिएको छ।





यसमा तपाईको मत

अन्य समाचार

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह गर्ने तरिका ! ...

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

Ncell Footer Ad