७ वैशाख २०८१ शुक्रबार
अर्थ

एनसेलको ‘सुपर सेलर’ योजना

काठमाडौं– एनसेल प्राइभेट लिमिटेडले आफ्ना देशभरी रहेका खुद्रा विक्रेतालाई लक्षित गरी ‘एनसेल सुपर सेलर’ योजना ल्याएको छ। यस योजनाअन्तर्गत खुद्राबिक्रेताले बम्पर उपहार स्वरुपकार, युरोप भ्रमण र आईफोन एक्सजस्ता आकर्षक उपहारहरु जित्न सक्छन्। 

यो योजना चैत्र १ गतेबाट लागु भएको छ र १० महिनासम्म संचालनमा रहने छ। यस योजनामा सामेल हुनका लागि खुद्राबिक्रेताले एनसेलको रिचार्ज कार्ड, सिम कार्ड वा भिएफटी (भर्चुअल फण्ड ट्रान्सफर) खरिद तथा बिक्रीको कारोबार गरी आफ्नो प्रत्येक कारोबारका आधारमा अंक जम्मा गर्दै गई निश्चित अंक संकलन गर्नु पर्दछ। 

यस योजनाअन्तर्गत खुद्रा बिक्रेताहरुले प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज गरी चार प्रकारका समूहमध्ये कुनै एक समूहमा आफूलाई सहभागी गराई उपहार पाउन सक्छन्। बम्पर उपहार बाहेक खुद्रा बिक्रेताहरुले निश्चित अंक संकलन गरेपछि बाइक, स्कुटर, ५५ इन्चको स्मार्ट टिभी, एअर कन्डिसनर, आईप्याड, ईलेक्ट्रिक ट्रेडमिल, वाशिङ्गमशिन र ल्यापटप लगायतका विभिन्न उपहारहरु जित्न सक्नेछन्। 

‘एनसेल सुपर सेलर’ योजना लागु भएको ६ महिनापश्चात खुद्राबिक्रेताले आफूले संकलन गरेका आवश्यक अंकका आधारमा उपहार दाबी गर्न सक्ने छन्। यस योजनामा सहभागिता जनाउनका लागि खुद्राबिक्रेताले रिचार्ज कार्ड, सिम कार्ड वा भिएफटी एनसेलको सेल्स एण्ड डिष्ट्रिब्युसन एपबाट खरिद गरेको हुनुपर्ने छ। 

यस योजनाको चार समूहअन्तर्गत खुद्राबिक्रेताले ३ हजार ७ सय भन्दा बढी उपहारहरु जित्ने छन्। साथै योजनामा सहभागीमध्ये उत्कृष्ट १० हजार खुद्राबिक्रेतालाई पनि एनसेल गिफ्ट ह्याम्पर प्रदान गरिने कम्पनीले जनाएको छ।

प्रकाशित: ३ चैत्र २०७५ १३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App