८ वैशाख २०८१ शनिबार
समाज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एककाे अवस्था गम्भीर

सर्लाही- जिल्लास्थित हरिपुरमा आइतबार दिउँसो भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा लालबन्दी नगरपालिका–१, नेत्रगञ्ज निवासी ३५ वर्षीय राम एकवाल गुप्ताको मृत्यु भएको हो।

गम्भीर घाइते गुप्तालाई उपचारका लागि सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पताल पु-याईए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा अर्का गम्भीर घाइते लालबन्दी नगरपालिका–१ नेत्रगञ्ज निवासी २५ वर्षीय रामकुमार यादवलाई जिल्ला अस्पताल मलङ्गवामा प्राथमिक उपचार पश्चात थप उपचारका लागि भरतपुरतर्फ रेफर गरिएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ।

हरिपुर बजारबाट चिताइनतर्फ आउँदै गरेको ना. ४४ प ९४३५ नम्वरको मोटरसाइकल तीव्र गतिका कारण हरिपुर नगरपालिका–७ स्थित विद्युत शव स्टेशन नजिकको पुलमा ठोक्किँदा दुवैजना उच्छिटि्टएको प्रत्यक्षदर्शीले बताएका छन्।

प्रकाशित: ३ चैत्र २०७५ १२:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App