भारतले पाँच अर्ब डलरको डिफेन्स सिस्टम रुससँग किन्ने

शुक्रबार, २८ असोज २०७३, ११ : १७ नागरिक

मस्को–भारत र रुसबीच शनिबार ५ अर्ब डलरको रक्षा सम्झौतामा हस्ताक्षर हुने भएको छ। सो सम्झौतापछि भारतलाई जमीनबाट हावामा मार हान्न सक्ने एस–४०० मिसाइल आपूर्ति गर्न बाटो खुल्ने भारतीय संचारमाध्यले जनाएका छन्। संचारमाध्यमका अनुसार   सो सम्झौतामा हस्ताक्षर गोवा आयोजना हुने ब्रिक्स सम्मेलनका क्रममा हुने छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सो सम्झौता पहिला रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसँग  छलफल गर्ने बताइएको छ।
भारतीय संचारमाध्यमका अनुसार एस–४०० मिसाइद विरोधी सिस्टम मस्कोको सबैभन्दा विकसित एअर डिफेन्स सिस्टम हो। भारतले त्यस्ता पाँचवटा सिस्टम खरिद गर्न रुची देखाएको छ। रक्षा मन्त्रालयले यी मिसाइल सिस्टम खरिद गर्न डिसेम्बरमा नै अनुमति दिएको थियो।

रुसले एअर डिफेन्स सिस्टमलाई सिरियामा तैनाथ गरिसकेको छ। यो सिस्टममार्फत सिरियाली राष्ट्रपति बसर अल असलको समर्थनमा रुसले बम बर्षा गरिरहेको छ। सो सिस्टममार्फत सय किलोमिटरसम्म एकसाथ ३०० कारकेटलाइ पछ्याउन सकिन्छ भने तीन दर्जन मानिसलाई निसाना बनाउने सकिने संचारमाध्यमले उल्लेख गरेका छन्।
रुसी विशेषज्ञका अनुसार एस–४०० एअर डिफेन्स मिसाइलमार्फत अमेरिकी लडाकु विमान एफ–३५ जस्तै पाँचौं पिडीको विमानलाईसमेत खसाल्न सकिने छ। चीनपछि सो सिस्टम खरिद गर्ने भारत दोस्रो मुलुक हो।

 








यसमा तपाईको मत

अन्य समाचार

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलले सोचेभन्दा धेरै आइफोन ११ को माग

एप्पलको नयाँ आइफोन - आइफोन ११ को माग निकै उच्च रहेको छ ! ...

Ncell Footer Ad