८ वैशाख २०८१ शनिबार
राजनीति

अध्यक्ष दाहाल अमेरिका प्रस्थान (फाेटाे फिचर)

तस्बिरहरू : केशव थाेकर

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल अमेरिका प्रस्थान गरेका छन्। पत्नी सीता दाहालको उपचारका लागि अध्यक्ष दाहाल आइतवार साँझ अमेरिकाको वाशिंटन डिसीतर्फ प्रस्थान गरेका हुन्।

दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, नेताहरु देवेन्द्र पौडेल, आनन्द पोखरेल, कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ लगायतले विदाई गरेका थिए।

भ्रमण दलमा प्रचण्डका स्वकीय सचिव तथा छोरी गंगा दाहाल पनि रहेकी छिन्। सीताकाे अमेरिकाको जोन हकिङ्स् अस्पतालमा पार्किन्सन रोगको उपचार हुनेछ। सीतालाई मधुमेह र उच्च रक्तचापको समेत समस्या रहेको छ। उनको गत असोजमा सिङ्गापुरमा समेत उपचार भएको थियो।

अध्यक्ष दाहाल एक हप्तपछि स्वदेश फर्किने छन्। अमेरिकामा रहँदा दाहालले अनौपचारिक भेटवार्ता पनि गर्ने छन्।

तस्बिरहरू : केशव थाेकर
तस्बिरहरू : केशव थाेकर
तस्बिरहरू : केशव थाेकर
तस्बिरहरू : केशव थाेकर
तस्बिरहरू : केशव थाेकर
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App