coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

राजपा सांसदको प्रश्नः यो सरकार संसदबाट बनेको हो कि होइन?

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकार संसदप्रति जिम्मेवार नभएको आरोप लगाएको छ।

आइतवारको संसद बैठकमा राजपाका नेता एवं सांसद लक्ष्मणलाल कर्णले सरकारले संसदको निर्देशन नमानेको भन्दै आपत्ति जनाए। उनले प्रश्न गरे, ‘यो सरकार संसदबाट बनेको हो कि होइन? यो संसद मातहत सरकार हो कि होइन?’ संसद र सभामुखले गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिए पनि सरकारले नटेरेको उनको गुनासो छ। 

संसदमा यस्तो छ कर्णको सम्बोधन

गिरिशचन्द्र लालको नेतृत्वमा गठित आयोगले मधेसदेखि थरुहटसम्मको ठाउँमा आनदोलनका बेला के भएको छ भनेर अध्ययन गरेको प्रतिवेदन सरकारलाई बुझाएको छ। सत्यतथ्य लुकाएको, मुद्दा फिर्ता नभएकाले एउटा आन्दोलनकारी रेशम चौधरीमाथि आज जन्मकैद भएको छ। रेशम चौधरीलाई सारा जनताले अनुमोदित गरे। करिब ४० हजार भोट पाएर जनताको अभिमतबाट विजयी भए। सम्पूर्ण आन्दोलनका मुद्दाहरु फिर्ता हुने यो देशमा हामी थारु मधेसीको मुद्दा फिर्ता हुँदैन। राज्यले स्वीकार गर्छ तर मुद्दा फिर्ता गर्दैन। त्यसैको प्रतिफल रेशम चौधरीमाथि दुर्भाग्यपूर्ण फैसला भएको छ। हामी पटक पटक उठाइरहेका छौं, गिरिशचन्द्र लालको प्रतिवेदन सार्वजनिक गर्नुस् भनेर। को दोषी छ, को निर्दाेष भन्ने कुरा राज्यले बनाएको आयोगको प्रतिवेदनबाट थाहा हुन्छ। किन कसैमा गलत भ्रम रहने? त्यो आयोगले जुन वेला प्रतिवेदन पेस ग-यो, त्यही बेला सार्वजनिक गर्नुपर्नेमा आजसम्म भएको छैन्। त्यसकारण हामीले संसद अवरोध गर्नुपर्ने अवस्था सिर्जना भएको छ। 

अर्काे दुर्भाग्य के छ भने यो सरकार संसदबाट बनेको हो कि होइन? यो संसद मातहत सरकार हो कि होइन? संसदले बनाएको सरकार होकि होइन, यदि संसदले बनाएको सरकार हो भने, संसदप्रति जिम्मेवारी छ भने सभामुखले ध्यानाकर्षण गराउँदाको अवस्थामा पनि, स्वयं संसदबाट सभामुखले गरेको ध्यानाकर्षण यो पनि एउटा ठूलो हो, संसदको आदेश, निर्देशन हो। सरकारले संसदको आदेश र निर्देशनलाई नमान्ने र सभामुखबाट निर्देशन हुँदा पनि सरकारले अहिलेसम्म यो प्रतिवदेन सार्वजनिक नगरेको कारणले प्रतिवेदन सार्वजनिक नगरेसम्म संसद अवरोध गर्छाैं।

प्रकाशित: ३ चैत्र २०७५ ०९:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App