८ वैशाख २०८१ शनिबार
राजनीति

मूलधारको राजनीतिमा आएपछि सीके राउतले देखाए राष्ट्रियताको झल्को

काठमाडाैँ - स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउत मूलधारको राजनीतिमा आएपछि राष्ट्रियताको झल्को दिने गरी कदम चालेका छन्। गठबन्धनको आइतबारदेखि लहानमा सुरु भएको राष्ट्रिय परिषद् बैठकमा सहभागी हुन आउने सदस्यलाई नागरिकता अनिवार्य  लिएर अाउँन अाग्रह गरिएकाे कदमलार्इ सीके राउत राष्ट्रप्रति  जिम्मेवार भएकाे संकेत देखिएकाे हाे।

कार्यक्रममा सहभागी हुन आएका गठबन्धनका कार्यकर्तालाई मूल गेटमै कडा सुरक्षा जाँचपछि भित्र प्रवेश दिइएको छ। गेटमै नागरिकताको प्रमाण पत्र, परिचयपत्र देखाएर सुरक्षा जाँच गरेरमात्र भित्र प्रवेश दिइएको गठबन्धनका एक सदस्य सुदीपराज कुशवाहाले बताए।

उनका अनुसार गठबन्धनले आगामी राणनीति तय गर्न परिषद् बैठक बसेको हो। गठबन्धन र सरकारबीच भएको ११ बुँदे सहमतिपछि यो  बैठक  पहिलो हो। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा फागुन २५ गते काठमाडौंको राष्ट्रिय सभागृहमा गृहमन्त्री रामबहादुर थापा र राउत बीच ११ बुँदे सहमति भएको थियो।

मधेश लगायत  देशका कतिपय स्थानमा रहेका असन्तुष्टिलाइ जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्ने  लगाएतकाे सहमति राउतसँग भएको हाे। राउत मूलधारमा समाहित भएपछि तराई मधेसको राजनीति सन्तुलनमा आउने सत्तापक्षको अपेक्षा समेत रहेको छ।

प्रकाशित: ३ चैत्र २०७५ ०७:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App