नेताहरूलाई प्रधानमन्त्रीको प्रश्न : विप्लवमाथि प्रतिबन्ध लगाउँदा किन रुवाबासी ?

आइतबार, ०३ चैत २०७५, १२ : २१ नागरिक

विराटनगर – प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्र विक्रम चन्द (विप्लव समूह) का बारेमा धारणा राख्दा सचेत रहन नेताहरूलाई आग्रह गरेका छन्। विप्लव समूहलाई प्रतिबन्ध लगाउँदा पार्टी भित्रबाटै नेताहरूले अपरिपक्व निर्णय भन्दै विरोध गरेपछि प्रधानमन्त्री ओलीले विप्लवबारे धारणा राख्दा ख्याल गर्न आग्रह गरेका हुन्।

“नेपालका नेताजीलाई आग्रह गर्न चाहन्छु, आफैंलाई जवाफ दिन नसक्ने कुराहरू नगर्नुहोस्, उनको पार्टी कही दर्ता भएको थियो र ? दर्ता छैन्। नेकपा विप्लव समूह भनेर चिनिने झुण्ड कहिले कोब्रा समूह भनेर चिनिने, कहिले के भनेर चिनिने जस्तै हो,” ओलीले विराटनगर विमानस्थलमा आइतबार पत्रकारसित कुरा गर्दै भने, “बम पड्काएर उद्यमी, व्यवसायी, जनप्रतिनिधिलाई धम्क्याउने ? बम पड्काइरहेको छ, धम्क्याइरहेको छ, अनि यस्तो गर्न पाइँदैन भन्दा रुवाबासी ? गम्भीर राजनीति गर्नुपर्छ।”

उनले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी अनाधिकृत झुण्ड भएको टिप्पणी गरे। विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको अनाधिकृत संस्था भएको बताए। “जुन संस्था विधिवत छैन, यस्तो झुण्ड हो, सरकारले चिन्दैन”, ओलीले भने। प्रधानमन्त्रीले विप्लव समूह राजनीतिक दल नभएको उल्लेख गर्दै उक्त समूहले गरेका विध्वंसात्मक गतिविधिलाई मात्रै प्रतिबन्ध लगाएको जानकारी दिए। 

प्रधानमन्त्री ओलीले संविधानविपरीत, कानुन विपरीत, लुटपाट र आतंकका गतिविधि गर्न नपाइने बताए। ओलीको प्रश्न थियो, “नेपालमा शान्ति चाहियो कि चाहिएन ? वार्ता समिति बनाएको हो, गर्दिन भनेको होइन ? सभ्य समाजले सुन्न सक्ने माग छ ? के–के माग छ ? सुन्न सक्ने छन् ?’

 







यसमा तपाईको मत

अन्य समाचार

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

यती एअरलाईन्सले ‘कार्बन न्यूट्रल’ एअरलाइन्समा विधुतिय भ्यानको प्रयोग सुरु

नेपालको पहिलो र एक मात्र ‘कार्बन न्यूट्रल’ एअरलाइन्स, यती एअरलाईन्सले काठमाण्डौं  विमानस्थल परिसरमा विधुतिय भ्यानको प्रयोग सुरु गरेर वातावरण संरक्षणप्रति...

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग डिलर्स समिट २०१९ सम्पन्न

सामसङ्ग प्रडक्टको नेपालका लागि अधिकृत वितरक हिम इलेक्ट्रोनिक्स प्रा. लि. डिलर्स समिट २०१९ भव्यताको साथ सम्पन्न भएको छ । ...

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

अब कृषिजन्य वस्तुमा नेपाली परिक्षणलाई समेत मान्यता दिने

नेपाल र भारतको खाद्य प्रयोगशालाको परीक्षण प्रतिवेदनलाई दुबै देशले मान्यता दिने सहमति गरेका छन्। ...

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

रिचार्जरको अफर भित्र पनि अफरसँगै ग्याजेट्स मेला

मोबाइल एप रिचार्जरले मोबाइल एपको नयाँ भर्सन सार्वजनिक गरेको छ। ...

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार ११ बिन्दुले ओरालो

पुँजीबजार यो साता पनि ओरालो लागेको छ । ...

पालुङ बजारमा सिन्धु विकास बैंक

पालुङ बजारमा सिन्धु विकास बैंक

सिन्धु विकास बैंकले मकवानपुरको पालुङ बजारमा शाखा विस्तार गरेको छ । ...

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सको सेवा विस्तार

आइसिएफसी फाइनान्सले ललितपुरको ग्वार्कोमा शाखा र काठमाडौंको जोरपाटीस्थित स्तुपा स्वास्थ्य सेवा सहकारी संस्थाको भवनमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ ।

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

टिभिएस एनटर्कको ब्रान्ड एम्बेसेडरमा खड्काद्वय

स्वस्तिमा खड्का र प्रदीप खड्कालाई टिभिएस एनटर्क १२५ को ब्रान्ड एम्बेसेडर अनुमोदन गरेको छ । ...

Ncell Footer Ad