८ वैशाख २०८१ शनिबार
समाज

नक्कली नोट छाप्ने दुईजना पक्राउ

जाजरकोट-नक्कली नोट छाप्ने काममा संलग्न रुकुमका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । रुकुम झुला–६ का १९ वर्षीय डिभाइड भनिने खीमबहादुर देवकोटा र सदरमुकाम मुसिकोट खलङ्गाको पातुखोलामा होटेल सञ्चालन गर्दै आएका गोतामकोट–९ का ३४ वर्षीय जुनबहादुर बोहोरालाई गएराति प्रहरीले पक्राउ गरेको हो । 

बोहोरालाई मुसिकोटबाटै पक्राउ गरिएको हो भने देवकोटालाई मग्मामा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बोहोराका छोराले एक हजारको नोट लिएर बजारमा सामान किन्न आएका बेला उक्त नोट नक्कली भएको शङ्काका आधारमा पसलेले प्रहरीलाई खबर गरेका थिए । 

बोहोराका छोराले दिएको जानकारीअनुसार पैसा छाप्ने मेसिन, एक हजारको नक्कली नोटसहित बोहोरालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए । रासस 

प्रकाशित: २८ आश्विन २०७३ ०४:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App