coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इन्डोनेशियामा भीषण वर्षापछि बाढी, ४२ जनाको मृत्यु

इन्डोनेशिया - इन्डोनेशियामा शनिबार भीषण वर्षापछि आएको बाढीमा परी ४२ जनाको ज्यान गएको छ भने २१ जना गम्भीर घाइते भएका छन्।

इन्डोनेशियाको पूर्वोत्तर प्रान्त पपूवामा भन्ने स्थानमा उक्त भीषण बाढी आएको त्यहाँको स्थानीय संचारमाध्यमहरूले जनाएका छन्। स्थानीय विपद् व्यवस्थापन एजेन्सीले आइतबार संचारमाध्यलाई उक्त घटनाकाे जानकारी गराएका हुन्।

प्रान्तीय राजधानी जयापुरको नजिक सेंटीनी क्षेत्रमा शनिवार भएको वर्षाले उक्त क्षेत्र बाढीको चपेटमा परेको हो। बाढीले गर्दा कम्तीमा ९ घर र दुई पुल क्षतिग्रस्त भएका छन्। राष्ट्रिय आपदा एजेन्सीका प्रवक्ता सुटोपो पुरो नोग्रोहोले उद्धार टोली सबै प्रभावित क्षेत्रमा  पुगेकाे बताए।

 

प्रकाशित: ३ चैत्र २०७५ ०३:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App