coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

स्थानीय निर्वाचन गराउन सरकारको ध्यानाकर्षण : मन्त्री चौधरी

कञ्चनपुर- कृषि मन्त्री गौरीशङ्कर चौधरीले स्थानीय निकायको निर्वाचन गराउनका लागि सरकारको ध्यान केन्द्रित भएको बताएका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका–३ सीताबस्तीमा नवोदय जीवनशक्ति युवा क्लबले आयोजना गरेको कार्यक्रममा बाेल्दै उनले संविधान कार्यान्वयन गराउनका लागि स्थानीय निकायको निर्वाचन आवश्यक भएको बताए।

'निर्वाचनका लागि सरकार आन्तरिक गृहकार्यमा जुटेको छ,' उनले भने। आन्दोलनरत मधेसी र थारू समुदायसँग स्थानीय निकायको निर्वाचनको वातावरण बनाउनका लागि सरकार प्रयासरत रहेको उनले बताए।

यसैबीच, मन्त्री चौधरीले भारतीय अतिक्रमणको चपेटामा परेको प्याराताल क्षेत्रको स्थलगत अवलोकन पनि गरे। स्थानीय बासिन्दासँग सीमा क्षेत्रबारे जानकारी लिँदै उनले यसबारे मन्त्रीपरिषदमा कुरा उठाउने आश्वासन पनि दिए। भारतीय जङ्गली हात्तीले पुर्याउँदै आएको क्षतिबारे आफू जानकार भएको उल्लेख गराउँदै उनले हात्ती नियन्त्रण गर्न र कृषकलाई क्षतिपूर्ति रकम उपलब्ध गराउनका लागि कार्य अगाडि बढाइने बताए ।

पुनर्वास नगरपालिका–१२ मा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक कृषि क्याम्पस स्थापनाका लागि सक्दो पहल गर्नुपर्ने उनले बताए। पुनर्वास नगरपालिकाकै जीवनशक्ति निम्न माध्यमिक विद्यालयले रु २० लाखभन्दा बढीको लगानीमा निर्माण गरेको पौडीपोखरीको निरीक्षण गर्नु हँुदै उहाँले सरकारका तर्फबाट सहयोगका लागि पहल गर्ने पनि प्रतिबद्धता व्यक्त गरे। रासस

 

 

प्रकाशित: २८ आश्विन २०७३ ०३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App