७ वैशाख २०८१ शुक्रबार
राजनीति

विप्लवलाई वार्तामा बस्न देउवाको आग्रह

पाल्पा – सिके राउतसँग सम्झौता गरेर ओली सरकारले राष्ट्रघाती सम्झौता गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन्। हत्या, हिंसा, बलत्कार बढीरहेको र सरकारले संरक्षण गर्ने गरेको आरोपसमेत लगाएका छन्।

‘सिके राउतसँगको सम्झौता हेर्दा सरकारले एउटा कुरा भन्छ अर्को कुरा गर्छ। सिके राउतले मधेस अर्को देश भएको भन्दै स्वागत गरेका छन्। सरकारले राउतलाई प्रसय दिएको छ। जुन राष्ट्रघाती सम्झौता हो, देउवाले भने, निर्मला पन्त हत्या एवं बलात्कारीलाई सरकारले लुकाउने एवं बचाउने काम गरेको छ।’ नेकपा नेतृत्वको सरकारले जनताको काम गर्न नसकेको बताए। यस्तै अवस्था रहे कांग्रेसले संसद ठप्प पार्न सक्नेसमेत देउवाले बताए।

नेपाल प्रेस युनियन पाल्पाले तानसेनमा गरेको पत्रकार अन्तरक्रियामा पूर्व प्रधानमन्त्री देउवाले विप्लव समूहलाई वार्तामा बस्न आग्रह गरे। उनले भने, ‘हत्या हिंसा छाडेर विप्लव वार्तामा आउनुपर्छ र सरकारले वार्ताको पहल गर्नुपर्छ।’

कांग्रेसलाई चुनाव लागेका कारण गुट उपगुट देखिनु स्वभाविक रहेको देउवाले बताए। कांग्रेसले हिन्दु राष्ट्रको अजेन्डा लिएर अगाडि बढ्ने सम्भावना कम रहेको उल्लेख गर्दै उनले पूर्वराजा ज्ञानेन्द्रका गतिविधि बढ्नुलाई चासो नदिएको बताए। बोल्न पाउने तथा पत्रकारले लेख्न पाउने अधिकारसमेत विभिन्न फैजदारी अभियोगका नाममा सरकारले खोस्न थालेको भन्दै देउवाले प्रजातान्त्रिक अधिकारमाथि कुनै पनि किसिमको अंकुश लगाउन नहुने बताए।

प्रकाशित: ३ चैत्र २०७५ ०१:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App