८ वैशाख २०८१ शनिबार
समाज

करेन्ट लागेर किसानकाे मृत्यु

रत्ननग- पश्चिम चितवनका एकजना किसानको बाली जोगाउन खोज्दा करेन्ट लागेर ज्यान गएको छ ।  पश्चिम चितवन नारायणी नगरपालिका-१२ जगतपुरमा यसरी तारबार लगाउन खोज्दा करेन्ट लागेर आज एक पुरुषको ज्यान गएको हो । वन्यजन्तुबाट खेतको बाली जोगाउनका लागि तारबार जोड्दै गर्दा एक्कासि करेन्ट लागेर स्थानीयवासी ५५ वर्षीय अर्जुन खतिवडाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आज बिहान करिब २ बजेको समयमा भएको उक्त घटनामा गम्भीर भएका खतिवडाको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ ।

उनको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ । चितवन निकुञ्ज र मध्यवर्ती क्षेत्र आसपासमा वन्यजन्तु पसेर बालीनाली नष्ट गर्ने र मानिसलाई समेत आक्रमण गर्ने गरेकाले स्थानीयवासीले बाली र घर संरक्षणका लागि यसरी करेन्ट प्रवाह गरेर तार लगाउने गर्छन् । रासस

प्रकाशित: २८ आश्विन २०७३ ०३:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App