६ वैशाख २०८१ बिहीबार
राजनीति

देउवाका दुई रूप

काठमाडौं - विध्वसांत्मक गतिविधि गर्दै आएको नेकपा विप्लव समूहमाथि सरकारले लगाएको प्रतिबन्धलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवाले दुई थरी तर्क गरेका छन्।

सरकारले विप्लव समूका गतिविधिमाथि लगाएको प्रतिबन्धको भोलिपल्ट विराटनगरमा रहेका देउवाले सञ्चारकर्मीसँग कुरा गर्र्दै सरकारको निर्णयको समर्थन गरेका थिए। उनले त्यतिबेला भनेका थिए, ‘विप्लवको कामप्रति सरकारले लगाएको प्रतिबन्धको कांग्रेस स्वागत गर्छ, हाम्रै साथीहरुमाथि पनि उसको त्रास थियो।’

उनले प्रतिबन्ध मात्र नभई कारबाही गर्नसम्म सरकारलाई आग्रह गरेका थिए। कांग्रेस सभापति देउवाको भनाइ विपक्षी दलको हो। तर, सत्तारुढ नेकपाभित्र भने बिनाछलफल सरकारले एक्कासि यस्तो निर्णय लिएको भन्दै केही शीर्ष नेताले आक्रोश पोखेका थिए। त्यसमध्ये थिए, पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता माधव नेपाल।

नेपालले त सरकारको एकलौटी निर्णय भएको र पार्टीभित्र यसबारे छलफल नै नभएको भन्दै सरकारको यस कदमको आलोचनासम्म गरेका थिए। 

शनिबार अर्थात् आज कांग्रेस सभापति देउवा तिनै नेकपाभित्रका रुष्ट नेताको लाइनमा आइपुगेका छन्। उनले विराटनगरमा बोलेका कुरा पाल्पा गएर फेरे। उनले पाल्पा भने, ‘सरकारले विप्लवमाथि निषेध होइन, वार्ता गरोस्।’ 

कांग्रेसले जारी गरेको विज्ञप्तिमा विप्लवमाथिको सरकारको प्रतिबन्धलाई ‘अस्पष्टता र भ्रम निवाराणार्थ’को रुपमा अथ्र्याएको छ। साथै सबैखाले विमतिलाई राजनीतिक तवरबाट हल खोज्नुपर्ने पनि सुझाएको छ। 

बुधबार विराटनगरमा सरकारको ‘वाहवाही’ नै जपेका सभापति देउवाले तीन दिनमै बोली फेरेका छन्। उक्त दिन नै पार्टीले प्रेस विज्ञप्ति जारी गरेर विप्लवमाथिको प्रतिबन्धलाई सहमतिबाट टुंग्याउनुपर्ने बताएको थियो। तर, यसरी पार्टी सभापति र पार्टीको आधिकारिक विज्ञप्ति आएपछि कांग्रेस आफैं रनभुल्लमा परेको छ।

अहिले कांग्रेसका नेताहरुपार्टीको आधिकारिक लाइनबारे नै स्पष्ट हुन सकेका छैनन्।  

प्रकाशित: २ चैत्र २०७५ ११:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App