coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अाैषधि पसलमा आगलागी हुँदा छ लाखकाे क्षति

बैतडी- बैतडीको भौनेली गाविसमा रहेको धरमघर बजारमा बिहीबार साँझ आगलागी हुँदा रु ६ लाख बराबर क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार भौनेली–८ धरमघर बजारमा रहेको केशवदत्त भट्टको मेडिकल र शृङ्गार पसलमा आगलागी भएको थियो ।

बिहीबार साँझ ७:३० बजेपछि पसल बन्द रहेका बेला भएको आगलागी कसरी भयो भनेर थाहा हुन नसकेको बैतडीका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले राससलाई जानकारी दिए ।

आगो करिब ३ घन्टापछि राति १० बजे दशरथचन्द नगरपालिकाको बारुणयन्त्र, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा आएको थियो । आगलागीबाट मेडिकल र शृङ्गार पसल पूर्णरुपमा जलेर नष्ट भएको बताइएको छ । रासस

प्रकाशित: २८ आश्विन २०७३ ०३:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App