नागरिक शनिबार

नाकाबन्दी लगाउने मोदीको शासन परीक्षण

शनिबार, ०२ चैत २०७५, १५ : ४४ पुरुषोत्तम पौडेल

पुस्तकको नाम ‘द प्यारोडक्सिकल प्राइममिनिस्टर नरेन्द्र मोदी एन्ड हिज इन्डिया’ राखिए पनि किताबको मूल कथ्य भने ‘अ फेल्ड प्राइममिनिस्टर’हो।

‘अबकी बार मोदी सरकार’ भन्ने नारासहित सन् २०१४ मा सम्पन्न भारतको १६ औँ लोकसभा निर्वाचनमा सहभागी भारतीय जनता पार्टी (भाजपा) लामो समयपछि भारतमा एकदलीय बहुमतको सरकार बनाउन सफल भयो। गुजरातका मुख्यमन्त्रीसमेत रहिसकेका नरेन्द्र मोदीलाई आफ्नो पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बनाएर भाजपा निर्वाचनमा होमिएको थियो।

मोदीले चुनावीसभामा आफ्नो पार्टीको सरकार बने प्रत्येक वर्ष २ करोडका हिसाबले भारतमा नयाँ रोजगार सिर्जना गर्ने बाचा गरेका थिए। यस हिसाबले गएका चार वर्षमा कम्तीमा ८ करोड भारतीय जनता रोजगारसम्पन्न भइसकेको हुनपथ्र्यो। तर, करिब १८ लाखभन्दा धेरै रोजगारीको अवसर सिर्जना हुन नसकेको भारतीय कांग्रेसका नेता शशि थरुरले आफ्नो पुस्तक ‘द प्यारोडक्सिकल प्राइममिनिस्टर नरेन्द्र मोदी एन्ड हिज इन्डिया’मा बताएका छन्।

मोदी सरकारको कडा आलोचना गर्दै लेखिएको पुस्तकमा थरुरले डा. मनमोहन सिंहको तुलनामा मोदी सरकार असफल भएको दाबी गरेका छन्। भाजपाले मनमोहनलाई भारतीय कांग्रेस आईकी तत्कालीन अध्यक्ष सोनिया गान्धीको पिछलग्गु भएको आरोपसहित उनको नेतृत्वले भारत पछि परेको आरोप लगाउने गरेको थियो। मोदी सरकारको असफलताका विषयमा पुस्तकमा विभिन्न ठाउँमा चर्चा गरिएको छ। मोदी सरकारका असफलताको एउटा महत्वपूर्ण सूचक बढ्दो हिंसा हो। थरुरले पुस्तकको पृष्ठ १०६ मा मोदीकालमा बढेको हिंसाको दरलाई तथ्यांकसहित प्रस्तुत गरेका छन्।

मोदी सरकारको कडा आलोचना गर्दै लेखिएको पुस्तकमा थरुरले डा. मनमोहन सिंहको तुलनामा मोदी सरकार असफल भएको दाबी गरेका छन्। भाजपाले मनमोहनलाई भारतीय कांग्रेस आईकी तत्कालीन अध्यक्ष सोनिया गान्धीको पिछलग्गु भएको आरोपसहित उनको नेतृत्वले भारत पछि परेको आरोप लगाउने गरेको थियो।

भारतको गृहमन्त्रालयको अपराध महाशाखालाई उद्धृत गर्दै पुस्तकमा सन् २०१४ देखि २०१६ को अवधिमा करिब २ हजार ८ सय ८५ समाजिक अपराधका घटना दर्ता भएको थररुले उल्लेख गरेका छन्। जबकी सोही अवधिमा घटेका ६१ हजार ९ सय ७४ आपराधिक गतिविधिलाई महाशाखाले दर्ता नै नगरेको पुस्तकमा आरोप लगाइएको छ। सन् २०१७÷१८ को आपराधिक घटनाका विषय महाशाखाले नखुलाएको उनले दाबी गरेका छन्।

पुस्तकः द प्याराडक्सिकल प्राइममिनिस्टर

लेखकः शशि थरुर

प्रकाशकः एलेफ बुक कम्पनी

पृष्ठः ५०४

बढी र घटी भन्ने मान्यता सापेक्षिक हो। त्यसैले यसको तुलना केसँग गरियो भन्ने प्रश्न उठ्छ। मोदीराजमा हिंसा बढेको दावी गर्ने थरुरले यसभन्दा अघिको सिंह सरकारको पालामा भएका सामाजिक अपराधको तथ्यांक नै नराख्नुको पछाडि राजनीतिक स्वार्थले काम गरेको देखिन्छ। सिंहकालमा भारत शान्त थियो भनेर समान्य पाठकले पत्याउनुपर्ने आधार के?

थरुरले समाजिक अपराधका घटना वृद्धि हुनुमा मोदी सरकारले लिएको हिन्दुत्वको नारालाई मुख्य दोष दिएका छन्। पुस्तकको तेस्रो अध्यायमा उनले यो विषयबारे चर्चा गरेका छन्। सन् २०१४ यता भारतमा करिब ३८९ मानिसको हिन्दुत्वकै आडमा हत्या गरिएको दाबी पुस्तकमा छ।

पुस्तकको नाम ‘द प्यारोडक्सिकल प्राइममिनिस्टर नरेन्द्र मोदी एन्ड हिज इन्डिया’ राखिए पनि किताबको मूल कथ्य भने ‘अ फेलियर प्राइममिनिस्टर’ (असफल प्रधानमन्त्री) हो। थरुरले मोदीका विरोधाभास देखाउनुको साटो असफलता देखाउन बढी प्रयत्न गर्छन्। विश्वकै ठूलो प्रजातान्त्रिक देशको सरकार प्रजातान्त्रिक पद्धतिमा सञ्चालन भएको विषयमा लेखक शंका गर्छन्। यसका लागि उनले प्रधानमन्त्री मोदीमा केन्द्रित राज्यशक्तिलाई माध्यम बनाउँछन्। सरकार सञ्चालनका लागि मन्त्रिपरिषद् भए पनि मन्त्रीहरुको पूर्णअधिकार प्रधानमन्त्री स्वयंमले लिएको दाबी पुस्तकले गर्छ ।

पुस्तकको पृष्ठ ८१ पढ्दै गर्दा यो भारतीय प्रधानमन्त्रीका विषयमा लेखिएको हो अथवा नेपालको भन्ने पनि लाग्छ। भारतको प्रधानमन्त्री कार्यालयले विभागीय मन्त्रीलाई पन्छाउँदै सीधै मन्त्रालयका सचिवहरुसँग विषयगत कामको प्रगतिका विषयमा चासो राख्ने र आवश्यक निर्देशन दिने गरेको उल्लेख छ। नेपालमा पनि वर्तमान प्रधानमन्त्रीको अभ्यास त्योभन्दा कुनै पनि हिसाबले फरक छैन।

प्रजातान्त्रिक पद्धतिमा बहुमतका हिसाबमा निर्णय लिइने भए पनि प्रधानमन्त्रीले एकल हिसाबमा सबै निर्णय लिएको आरोप थरुरले लगाएका छन्। सन् २०१६ नोभेम्बरमा भारतीय प्रधानमन्त्री मोदीले डिमोनिटराइजेसन नीति लागु गर्दा वित्तीयमन्त्री अरुण जेट्लीलाई समेत सोबारे प्र्रारम्भिक जानकारीसमेत नभएको बताइन्छ।

तत्कालीन समयमा चीनको सिचुवान विश्वविद्यालयमा पाहुना प्रध्यापकका रुपमा रहेका जवहारला नेहरु विश्वविद्यालयका प्राध्यापक महेन्द्र पी लामाले मोदीको डिमोनिटराइजेसन नीति लिखित रुपमा नभएको बताएका थिए। लिखितम हुँदा अरूलाई थाहा हुन सक्ने भएर मोदीले निणर्य लिनुअघिसम्म सोबारे कतै पनि लिखित रुपमा ड्राफ्ट नगरिएको उनको दाबी थियो। लामाको दाबी कति सत्य हो भन्ने परीक्षणकै विषय हो तथापि यसले निर्णय गर्ने मामिलामा मोदी कतिसम्म असहिसुष्ण छन् भन्ने प्रस्ट्याउँछ।

थरुरले डिमोनिटराइजेसन नीतिलाई अकल्पनीय दुर्घटना भनेका छन्। उक्त नीतिका कारण भारतमा उपभोग्ता र मागमा व्यापाक गिरावट आएको दाबी गर्छन्। ‘विश्वका अन्य देशको तुलनामा भारतको अर्थतन्त्र व्यापक वृद्धि भइरहेको अवस्थामा आएको अपरिपक्व नीतिले भारतीय अर्थतन्त्रलाई रातरात दुर्घटनातर्फ लग्यो’, थरुरको आरोप छ। असफलताको सम्पूर्ण अपजस प्रधानमन्त्री मोदीलाई दिनुको एक कारण निर्णयप्रक्रियामा उनको मनोमानी हो।

विदेश नीतिका सम्बन्धमा पनि मोदी सरकारको व्यापक आलोचना गरिएको छ। पुस्तकको अध्याय ४० बाट सुरु हुने विदेश मामिलाको प्रसंगमा मोदी सरकारले अंगीकार गरेको छिमेक नीतिमा नेपालको प्रसंग पनि समेटिएको छ। नेपालले सन् २०१५ मा संविधान घोषणापछिको अवस्थामा नेपालमाथिको भारतीय नाकाबन्दीलाई पुस्तकमा अमानवीय व्यवहार भन्दै आलोचना गरेको छ।

नाकाबन्दीका कारण नेपालको अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको बताउँदै पेट्रोलियम पदार्थको आपूर्ति बन्द हुँदा नेपाली जनताले दुःख खेप्नुपरेका भन्दै मोदी सरकारको आलोचना गरिएको छ। नाकाबन्दीलाई पुस्तकमा ‘अघोषित नाकाबन्दी’ बताए पनि के कारणले नेपालमा नाकाबन्दी लगाइयो भन्नेबारे कतै उल्लेख गरिएको छैन। नाकाबन्दी लगाउने मामिलामा थरुरसम्बद्ध पार्टी भारतीय कांग्रेस (आई)को भूमिका के कति हो बेग्लै प्रश्न हो। तर, भारतीय राज्य सञ्चालनको प्रक्रियाबारे वर्णन गरिरहेका थरुरले निकट छिमेकीबारे गरेको त्यति ठूलो निर्णयपछाडिका स्वार्थ के थिए भनेर अनुमानसमेत प्रस्तुत नगर्नु उनको पुस्तककै कमजोरी हो।

त्यस्तै  चारवर्षे प्रधानमन्त्रित्वकालमा मोदीले करिब १ वर्ष ३ महिना विदेश भ्रमण गरे पनि देशले कुनै उपलब्धि हासिल नगरेको भन्दै आलोचना गरिएको छ। एसिया टाइम्सले मोदी सन् २०१४ देखि २०१८ जुन २६ सम्म प्रधानमन्त्रीको कुर्सीमा बसेको १ हजार ४ सय ९१ दिनमध्ये ४ सय ७७ दिन विदेश भ्रमणमा बिताएको समाचार प्रकाशन गरेको थियो।

योग दिवसलाई संयुक्त राष्ट्रसंघबाट मान्यता दिनुलाई मात्रै मोदी सरकारको विदेश नीतिको सफलताका रुपमा व्याख्या गरिएको छ।

फ्रान्सका तत्कालीन शासक नेपोलियन बोनापार्ट जस्तै मोदी पनि एक सामान्य परिवारबाट माथि उठेर आफ्नै बलबुतामा देशको सर्वोच्च पदमा पुगेका मान्छे हुन्। यही कुरालाई इंगित गर्दै पुस्तकमा मोदीलाई पनि बोनपार्ट जस्तै ‘भाग्यले बनाएको मान्छे’ भनिएको छ। शक्ति सञ्चालनका हिसाबले पनि बोनापाट र मोदी एकै किसिमका मान्छे भएको बताइएको छ।

मोदीलाई बोनापार्टसँग तुलनामा गरेकोे पुस्तकले लाक्षणिक हिसाबमा मोदीलाई पनि बोनापाट जस्तै हठी र दम्भी मानिसको कोटरीमा राखिएको जस्तो पुस्तक पढ्दा लाग्छ। बोनपार्ट र मोदीको उदयमा एउटा समानता छ, त्यो समानता हो उनीहरुको दुवैको महत्वकांक्षा। एउटा सामान्य परिवारमा जन्मिएर पनि देशको सर्वोच्च पदमा आसीन हुन उनीहरुको महत्वाकांक्षाले नै डोर्‍याएको थियो।

महाभारतमा भनिएको छ, एक शासकको पहिलो र प्रमुख काम आफ्ना जनतालाई आफ्नो भयबाट मुक्त गराउनु, अरुको भयबाट मुक्त गराउनु, एकअर्काको भयबाट मुक्त गराउनु र अमानवीय तत्वको भयबाट मुक्त गराउनु हो। तर, मोदी नेतृत्वमा भारतीय जनताले ‘भयको पर्यावरण’ महसुस गरेका छन्, पुस्तकमा जिकिर गरिएको छ।

एक सैनिक अधिकृतबाट समराज्य सञ्चालन गर्ने बोनापाट र एउटा सामान्य चियावालाबाट भारतको प्रधानमन्त्री जस्तो पदमा पुग्ने मोदीबीच रहेको यो समानता हो। व्यक्तिगत महत्वाकांक्षाकै कारण उदय भएको बोनपार्ट पतनको बाटो पनि उनको व्यक्तिगत महत्वाकांक्षाकै कारण तय भएको थियो। आगामी अप्रिल ११ बाट सुरु हुने भारतको १७ औं लोकसभाको निर्वाचनले मोदीको उदयलाई दिगम्बर बनाउँछ अथवा बोनपाटकै बाटो तय गराउँछ त्यो हेर्न बाँकी छ।

गत वर्षको अन्त्यतिर बजारमा आएको पुस्तक अबको केही हप्तामा भारतमा हुने लोकसभाको निर्वाचन केन्द्रित रहेको प्रतीत हुन्छ। चार वर्षको अवधिमा मोदी सरकारले गरेको राम्रो कामको प्रसंग नै नसमेटिएको पुस्तकमा मोदीका गल्ती खोतल्दै आफ्नो पार्टीका तत्कालीन प्रधानमन्त्री सिंहको सफलतालाई प्रस्ट्याउने प्रयास गरेजस्तो देखिन्छ।

यसै किसिमको हर्कत भाजपाले पनि नगरेको होइन। केही समयअघि ‘यान एक्सिडेन्टल प्राइममिनिस्टर’ नामक फिल्म प्रदर्शन गरिएको थियो। तत्कालीन प्रधानमन्त्रीका मिडिया सल्लाकारसमेत रहेको सञ्जय बरु लिखित पुस्तकको आधारमा बनाइएको फिल्ममा कांग्रेस आईकी तत्कालीन अध्यक्ष गान्धी र उनको परिवारले प्रधानमन्त्रीलाई कसरी आफ्नो कब्जामा राखेका थिए भन्ने देखाउन खोजिएको छ। अभिनेता अनुपम खेर सिंहको रुपमा देखिएको उक्त फिल्ममा अक्षर खन्ना बरूको रूपमा देखिएका छन्।

कांग्रेसले फिल्मको विरोध पनि गरेको थियो। यस्तै केही समयपछि नै निर्वाचनलक्षित ‘नरेन्द्र मोदी’ नामक फिल्म आउँदै छ। पहिला अभिनेता परेस रावल मुख्य भूमिकामा देखिने बताइएको उक्त फिल्ममा विवेक ओवराय देखिँदै छन्।

यसरी निर्वाचन केन्द्रित भएर आएको र आउन लागेको यस्ता सामग्री सिर्जनात्मकतामा भन्दा ज्यादा आफ्ना मुद्दा स्थापित गर्ने सूत्रका रुपमा बढी प्रयोग हुने देखिन्छ।

भारतको बौद्धिक व्यक्तिको रुपमा आफ्नो परिचय बनाएका थरुरको पुस्तकमा कसैको तेजोबध गर्दै आफ्ना मुद्दा स्थापित गर्ने प्रयासले गर्दा उनको पुस्तक राम्रो हुँदै गर्दा पनि बढी निर्वाचनको गन्ध आउनु सकारात्मक पक्कै होइन।

 








यसमा तपाईको मत

अन्य समाचार

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङको प्रिमियम क्यामरा अब 'एथर्टी एस' मा

सामसङले हालै नयाँ डिजाइनको साथ ग्यालेक्सी 'एथर्टी एस' प्रस्तुत गरेको छ । ...

सिन्धुका थप दुई शाखा विस्तार

सिन्धुका थप दुई शाखा विस्तार

पछिल्लो समय आक्रमक ढंगले बैंकिङ एकाइ विस्तार गरिरहेको सिन्धु विकास बैंकले एकैदिन थप दुई शाखा विस्तार गरेको छ । ...

इन्टरनेट लिज लाइनको महसुल घट्यो

इन्टरनेट लिज लाइनको महसुल घट्यो

नेपाल टेलिकमले कात्तिक १ देखि लागू हुने गरी इन्टरनेट लिज लाइनको महसुल घटाएको छ । ...

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुमा सुविधायुक्त सिनेमा हल

गोंगबुस्थित अत्याधुनिक सुविधायुक्त सिनेमा हल आइएनआइले प्रदर्शन सुरु गरेको छ । ...

सिजीको लक्की–ड्र सम्पन्न

सिजीको लक्की–ड्र सम्पन्न

चाडपर्वका बेला सिजीले ल्याएको ‘सिजीसँग उत्साह उमंग थाइल्यान्ड जाउँ परिवारसँग’ नामक स्किमको पहिलो चरणको लक्की–ड्र समपन्न भएको छ । ...

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ

बिएमडब्लू मोटराड नेपालका आधिकारिक बिक्रेता हिमालयन मोटराडले ‘बिएमडब्लू मोटराड जिएस सर्टिफाइड ट्रेनिङ’ सम्पन्न गरेको जनाएको छ । ...

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपो रेनोटू एफको नेपालमा विक्रि आरम्भ

ओपोले नेपालमा आफ्नो बहुप्रतिक्षित मोडल ओपो रेनोटू एफको अक्टोबर १८देखि पाको, न्यूरोड स्थित आफ्नो आधिकारिक शोरुममा आयोजित फर्स्टसेल कार्यक्रम मार्फत...

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

टिभिएस एक्सचेन्ज मेला सम्पन्न

नेपालका लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गरेकोे छ । ...

Ncell Footer Ad