coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दुई जिल्ला जोड्ने सडकको काम तीव्र गतिमा

अमरगढी – डडेल्धुरा जिल्लामा दुई जिल्ला जोड्ने झण्डै आधा दर्जन सडकको निर्माणको कार्य तीव्र गतिमा भइरेहको छ। डडेल्धुरा जिल्लाबाट विभिन्न जिल्ला जोड्ने गरी सडकखण्डको निर्माण कार्य अगाडि बढिरहेको डिभिजन सडक कार्यालय कुलपाते डोटीले जनाएको छ।

डडेल्धुरा जिल्लाबाट कञ्चनपुर जिल्ला जोड्ने दैजी जोगबुडा बुडर सडक ६५ किलोमिटर र ब्रह्मदेव जोगबुडा गोगन सलौन चिक्रीटे घटाल सडक, डडेल्धुरादेखि बैतडी जोड्ने उग्रतारा मेलौली सडक ४५ किमि, ८५किमि, बुडर नाइल सडक ४५ किमि, डोटी डडेल्धुरा जोड्ने भत्काडा बडाल रेल उच्चाकोट ६६ किमि, डडेल्धुरा र बैतडी जोड्ने अनाखोली भुलकुँडा देवल ३५ किमि सडकको निर्माण कार्य अगाडि बढिरहेको डिभिजन सडक कुलपाते डोटीका डिभिजन प्रमुख दलिराज मल्लले बताए।

यस्तै दैजी जोगबुडा बुडर सडकखण्डको पूर्णरुपमा गत वर्ष नै ट्रयाक खोल्ने काम सम्पन्न भइ २२ किलोमिटरको कालोपत्रे कामको बोलपत्र भई राजेन्द्र निर्माण कम्पनी प्रालि धनगढीले काम सुरु गरिसकेको छ। डडेल्धुरा र बैतडी जोड्ने उग्रतारा मेलौली सडकले पनि आठ किलोमिटरको कालोपत्रेको काम अमरगढी बढाएको छ। आनारखोली भल्कुडा देवल सडकखण्डको ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको र डडेल्धुरा र डोटी जोड्ने भत्काडा बडाल रेल उच्चाकोट सडकको सात किलोमिटरको कालोपत्रे काम सुरु भएको प्रमुख मल्लले बताए।

यस्तै बह्मदेव जोगबुडा गोगन सलौन चिरकिट्टे घटाल आइत सडकको आठ किलोमिटरको काम सम्पन्न भएको सडक डिभिजन कुलपाते डोटीका डिभिजन प्रमुख मल्लले जानकारी दिए। यी सडकको काम क्रमागतमा सञ्चालन हुने भएकाले प्रक्रियामा अगाडि बढ्ने डिभिजन प्रमुख मल्लले बताए।(रासस)

प्रकाशित: २ चैत्र २०७५ ०९:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App