coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सडक पेटीबाट वृद्धको उद्धार

काठमाडौँ - मानवसेवा आश्रम काठमाडौँले सिनामङ्गलस्थित सडक पेटीबाट एक असहाय वृद्धको उद्धार गरेको छ। खुकुलाल महर्जन नाम बताउने अन्दाजी ८० वर्षीय वृद्धलाई गएराति १२ बजे उद्धार गरिएको र अहिले उनलाई सामाखुशीस्थित आश्रममा राखिएको छ।

कसैले केही दिए खाने नत्र भोकै बस्नुपर्ने बाध्यताका बीच सडक जीवन बिताउँदै आएका महर्जनले दाइले घर बेचेर गाउँ गएपछि आफू सडकमा बस्दै आएको बताए। मनमैँजु निवासी मुना राइले कार्यालय आउजाउ गर्दा वृद्ध व्यक्ति सडकपेटीमा सुतिरहेको देखेपछि आश्रमलाई खबर गरेका थिए। त्यसपछि आश्रमको टोली उद्धारमा गएको हो। कुकुरसँगै सुतिरहेको अवस्थामा उनलाई गएराति फेला पारिएको आश्रमका काठमाडौँ संयोजक सुमन बर्तौलाले जानकारी दिइन्। स्थानीयका अनुसार विगत १० वर्षदेखि उनी त्यही ठाउँमा बस्दै आएकी थिइन्।

परिवार पत्ता लगाएर उनलाई पुनःस्थापन गर्न प्रयास गरिने आश्रमकी अभियन्ता सन्तोषी मगरले बताए। आश्रमले विसं २०६९ देखिनै सडकबाट उद्धार गरेर संरक्षण गर्दै अनि परिवार पत्ता लगाएर पुनर्मिलन गराउँदै आएको छ। हालसम्म ५ सय भन्दा बढीलाई यसरी उद्धार गरेर परिवारमा मिलन गराइसकेको जनाइएको छ।

आश्रमले देशका विभिन्न १४ स्थानमा शाखा कार्यालय खोलेर सडकमा पुगेका असहाय तथा मनोरोगीको उद्धार गर्दै आएको र विसं २०८२ सम्म सडकमा कष्टकर अवस्थामा असहाय नरहने अवस्था निर्माणका लागि भन्दै अभियान सञ्चालन गरेको छ।

प्रकाशित: २ चैत्र २०७५ ०८:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App