हिन्दूमात्र होइन, मुश्लिम युवा पनि होलीमा

शनिबार, ०२ चैत २०७५, १३ : ३२ नागरिक

धनुषा- मिथिला नाटयकला परिषद्ले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको होरी (होली) महोत्सवको भव्य तयारी शुरु गरेको छ। होलीको जोगीरा प्रतियोगिता र महामूर्ख सम्मेलन गरी दुई दिनसम्म मनाइने होरी महोत्सवका लागि तयारी शुरु गरिएको मिथिला नाटयकला परिषद(मिनाप)ले जनाएको छ। प्रत्येक वर्षझै यस वर्ष पनि जनकपुरधामको जानकी मन्दिरको प्राङ्गणमा मिनापले चैत ५ र ६ गते होली महोत्सवको आयोजना गर्दैछ। 

होलीको अवसरमा जनकपुरमा आयोजना गरिने महामूर्ख सम्मेलन देशैभरी प्रसिद्ध छन्। मिथिला क्षेत्रको सांस्कृतिक अभियानमा अग्रणी भूमिका खेलेको दाबी गर्ने मिथिला नाटय कला परिषद्, मिनाप यसका आयोजक हुन्। 

मिनापले मिथिला क्षेत्रबाट उच्च तहको बौद्धिक काम गर्नेलाई हरेक वर्ष छनौट गरेर महामूर्खसहित विभिन्न व्यङ्गात्मक पदवीबाट सामाजिक सम्मान गर्ने चलन छ। जुन मिथिला क्षेत्रमा चर्चित छ। मिथिला नाट्य कला परिषद्का विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिलाई प्रत्येक वर्ष छनोट गरेर यो पदवीबाट सामाजिक सम्मान दिने चलन छ। 

आपसी भाइचाराको रुपमा लिइएको होली पर्वलाई जनकपुरधाममा हिन्दुसँगै मुश्लिम युवाले पनिसँगै मिलेर होली मनाएर आपसी सौहार्दताको परिचय दिँदै आएका छन्। मिथिलामा वसन्त पञ्चमीको आगमनसँगै होली गीत गाउन शुरु गरिन्छ। तर अहिले आएर ग्रामीण इलाकामा फागु गीत गाउनेमा कमी हुन थालेपछि लोपोन्मुख फागु गीतलाई जगेर्ना गर्ने मिनापले विगत २५ वर्षदेखि होरी महोत्सवको आयोजन गर्दै आएको छ। 

फागुपूर्णिमाको पूर्वसन्ध्यामा आयोजना हुने दुईदिने होली महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता तथा दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजन गरिन्छ। 

मिनाप अध्यक्ष परमेश झाले मैथिली भाषा, साहित्य, कला, संस्कृति तथा लोकगीतको संरक्षण गर्न होली महोत्सव आयोजना गरिएको बताए। फागु गीत प्रतियोगितामा धनुषा, महोत्तरी, सिरहा, सप्तरी र सर्लाहीका आधा दर्जन ग्रामीण समूह सहभागी हुनेछन्। मिनापका अध्यक्ष झाले पारम्परिक फागु गीत तथा डम्फालाई जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिताको आयोजन गर्न लागिएको बताए। 

महोत्सवको दोस्रो दिन आयोजन हुने महामूर्ख सम्मेलनमा समाजका अगुवा व्यक्तित्वलाई विशेष मानपदवी प्रदान गर्ने चलन छ। जसअन्तर्गत महत्वपूर्ण व्यक्तिलाई महामूर्खको उपाधि प्रदान गरिन्छ। जसअन्तर्गत महामूर्ख तथा अन्य उपाधिकर्तालाई मिथिलामा उत्पादन गरिएका तरकारीको माला बनाएर लगाउने प्रचलन छ। 

महामूर्ख सम्मेलन नेपालको विभिन्न स्थानमा हुँदै आएपनि जनकपुरमा यसले निकै उचाइ पाएको छ। तर यसको प्रारम्भ नेपालको वीरगञ्जबाट भएको हो। मैथिली साहित्य परिषद् वीरगञ्ज २०५० सालमा पहिलोपटक यो सम्मेलनको आयोजना गरेको थियो। पहिलो पटकको महामूर्ख लाला माधवेन्द्र जी भएका थिए। रासस








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

लन्च भयो वाइफाईको नयाँ स्तर - वाइफाई ६

वाइफाई ६ को मुख्य उदेश्य नै भिडभाड भएको ठाउँमा राम्रोसँग वाइफाई चल्ने बनाउनु हो ! ...

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

Ncell Footer Ad