७ वैशाख २०८१ शुक्रबार
समाज

ठक्करबाट मोटरसाइकलमा सवारको मृत्यु

कावासोती-पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको चोरमारा जङ्गल (४० किलोमिटर)मा गएराति ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । 

पूर्वबाट पश्चिमतर्फ गुडिरहेको ना १४ प ६३८७ नंको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको ना ६ ख ४०२९ नंको ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार नवलपरासी देउराली–२ कोलियाका २६ वर्षीय दीपेन्द्र कुमालको मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी सहायक निरीक्षक फणिन्द्र शर्माले जानकारी दिए। 

दुर्घटनामा घाइते कुमालको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । हिजोआज पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासी खण्डमा दैनिकजसो नै सवारी दुर्घटना हुने गरेका छन् । रासस 

प्रकाशित: २८ आश्विन २०७३ ०१:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App