८ वैशाख २०८१ शनिबार
समाज

विप्लव नेकपाको हेडक्वटर निर्माण हुँदै

कालिकोट - नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका प्रवक्ता खड्कबहादुर विक (प्रकाण्ड) को गाउँमा सडक निर्माणमा तिब्रता दिइएको छ। नेकपाले कर्णाली नदीपार गराएर आफ्नै डोजरले सडक निर्माण गरिरहेको छ।  

नेकपाको कालिकोट माल्कोटमा पार्टी कार्यालय निर्माणधिन अवस्थामा छ। नेकपाका प्रवक्ता प्रकाण्डको गाउँमानै पार्टीको हेडक्वटर निर्माण भइरहेको जिल्ला सेक्रेटरी ऐडीले बताए।  हेडक्वाटर पुगाउनको लागि सात किलोमिटर सडक डोजर र जनशक्ति लगाएर निर्माण गरिएको छ। दुइ करोड मूल्य पर्ने दुई वटा डोजर बाटो खन्न ल्याइएको छ। त्यस्तै सान्नत्रीवेणी गाउँपालिको मुम्रा सहिद पार्क निर्माण गरेका छन्। विप्लव नेकपाले साढे चार करोड लागतमा सडक निर्माण गरिरहेको छ।

अहिले सडक र पार्टी हेडक्वार्टर भवनको निर्माण प्रहरीले रोकिदिएको छ। सरकारले विप्लवका गतिविधि बन्द गराएपछि प्रहरीले काम गर्न दिएको छैन्। जिल्लाका ९ वटा स्थानीय तहमध्ये ६ वटा गाउँपालिका, ३ नगरपालिका छन्। जिल्ला भरी प्रहरीको पन्ध्र वटा युनिट रहेका छन्।  जिल्लामा ३५० जनाको दरबन्दी रहको डिएसपी विनोद शर्माले बताए।

सरकारले प्रतिबन्धको निर्णय गरे पनि गाउँगाउँमा आमसभा र कार्यक्रमहरू भइरहेको जिल्ला सेक्रेटीरी रणदिप ऐडीले बताए। सरकारलको प्रतिबन्धले सुन्य गतिमा पनि असर नपरेको उनले नागरि न्युजलाई बताए। विप्लवका नेताहरुले देशका विभिन्न ठाउँमा १४ हजार जनसेना रहेको बताउने गरेका छन्। जसमध्ये संयुक्त राष्ट्रसंघीय मिसन अनमिनद्वारा बहिगर्मित ७ हजार रहेको बताइने गरिएको छ। सरकारले विप्लव माओवादीसँग राजनीतिक रूपमा समस्या समाधान गर्न संवाद गर्ने कोशिस गरेपनि अझै चर्काचर्की बनेको छ। शसस्त्र, अर्धभूमिगत, जातीयता, क्षेत्रीयताको मुद्दा उठाएर आन्दोलित धेरै समूहसँग वार्ता गरिए पनि आंशिक द्वन्द्व भइरहेको जानकारहरु बताउँछन्। जिल्लाको सबैजसो स्थानीय तहमा भातृसंगठन निर्माण भएका छन्।

 

प्रकाशित: २ चैत्र २०७५ ०४:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App