विप्लव नेकपाको कालिकोटमा कस्तो छ प्रभाव ?

शनिबार, ०२ चैत २०७५, ०९ : ४७ पवित्रकुमार शाही

कालिकोट - नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाको शक्तिशाली लालकिल्लाको रुपमा कालिकोट देखिएको छ। पछिल्लो समय देशका ७७ वटै जिल्लामध्येकै विशेष शक्ति केन्द्रको रुपमा कालिकोटलाई लिइएको हो।

विप्लवपछिको दोस्रो नेतृत्व समालेका नेकपाका प्रवक्ता खड्कबहादुर विक (प्रकाण्ड) लगायतका सयौं नेता कालिकोटका छन्। कालिकोटबाट पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य र पाेलिटब्युरो जस्ता पदमा नेताहरूले प्रतिनिधित्व गरिरहेका छन्। विप्लवको अखडा र प्रभावित जिल्लाको रुपमा कालिकोटलाई सुरक्षा निकायले पहिलो सूचीमा राखेको छ। विप्लव नेतृत्वको नेकपाले देशकै लालकिल्ला कालिकोट भएको दाबी गरेको छ।  

देशका ठुला सहरमा नेकपाको नेतृत्व कालिकोटले गरेको प्रवक्रा खड्कबहादुर विक (प्रकाण्ड)को भनाई छ। हाल प्रकाण्ड संगठन विभाग प्रमुखको रूपमा पनि क्रियाशील छन्। ललितपुर, भक्तपुरलगायत ४५ वटा जिल्लामा पार्टीका अध्यक्ष कालिकोटकै रहेको प्रवक्ता प्रकाण्डले जानकारी दिएका छन्। कालिकोटकी पुर्व सभासाद धिरिन्द्रा उपाध्याय काठमाडौं इञ्चार्ज रहेकी छन्।

त्यस्तै कालिकोटकै पुर्व राज्यमन्त्री नवीन विक ललितपुर जिल्लाको इन्चार्ज बनेका छन्। भेरी कर्णाली व्युरोका सबै जिल्ला इञ्चार्ज कालिकोटकै छन्। कालिकोटबाट मात्र १३ जना केन्द्रीय सदस्य र १३ जना पोलिटब्युरो सदस्य छन्। जसमा अधिकांशलाई जिल्ला  इन्चार्ज र  प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ। कालिकोटकै खम्ब बुढा भेरी कर्णाली ब्युरोका इन्चार्ज हुन्। कालिकोटका लोकजंग शाही, कर्ण भण्डारी, कालीबहादुर शाही, रणदीप ऐडी, विशाखर जैसी, शितल बिष्ट, अनिपाल बिक, पदम बिक र कञ्चन शाहीले ठुलो नेतृत्व समाल्दै आएका छन्।

कालिकोटबाटै युवा संगठन नेपालको केन्द्रीय उपाध्यक्ष दिनेश विक रहेका छन्। अखिल नेपाल महिला क्रान्तिकारी संघको केन्द्रीय महासचिव धिरिन्दा उपाध्याय हुन्।  त्यस्तै अखिल क्रान्तिकारी विद्यार्थीको केन्द्रीय कोषाध्यक्षमा नरेन्द्र विक रहेका छन्।

साता वटा भातृ संगठनका कर्णाली व्युरो संयोजक समेत कालिकोटकै रहेको विप्लव नेतृत्व नेकपा कालिकोटका सेक्रेटरी मुनिलाल ऐडी (रणदिप) ले बताए।  नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माको गृह जिल्ला भएकाले सुरक्षाको दृष्टिले अति ‘संवेदनशील’ मानिएको छ।

 





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad