coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

महिला साफ च्याम्पियनसिप : श्रीलंका सेमिफाइनलमा, माल्दिभ्स बाहिरियो

माल्दिभ्सकी खेलाडीले ट्याकल गरेर बल अघि बढाउँदै।    तस्बिर : चुमन/नागरिक

विराटनगर – श्रीलंकालाई २–० को नतिजा सुम्पिएसँगै लगातार दुई खेलमा पराजय भोगेको माल्दिभ्स नेपालमा जारी साफ महिला च्याम्पियनसिपबाट बाहिरिएको छ। 

विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार श्रीलंकालाई नतिजा सुम्पिँएको माल्दिभ्स लगातार दोस्रो खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिएको हो। पहिलो खेलमा नै विजयी नतिजा हात पारेको श्रीलंका र भारतले एक खेल अगावै अन्तिम चारमा स्थान बनाए। यद्यपि श्रीलंका र भारतबीच समूह विजेताको छिनोफानो लागि आइतबार भिडन्त हुनेछ। 

समूह ‘बी’ अन्तर्गत लिगको पहिलो खेलमा साविकको विजेता भारतलाई ६–० को खराब नतिजा सुम्पिएको माल्दिभ्सले पहिलो हाफमा केही राम्रा अवसर सिर्जना गरे पनि फिनिसिङ गर्न बाट चुकेको थियो। 

पहिलो हाफमा माल्दिभ्सविरुद्ध बललाई नियन्त्रणमा राखेको श्रीलंकाले गोल गर्न भने ४०औंं मिनेट कुर्नुप¥यो। पेनाल्टी बक्सअगाडि श्रीलंकाले प्रहार गरेको फ्रिकिक बललाई माल्दिभ्सकी गोलकिपर अमिनाथले नियन्त्रण लिन नसक्दा चलानी कुमारी इकानयाके गोल गरिन्। उनले गोललाइनबाट गोल गर्दै श्रीलंका अग्रता दिलाइन्। 

दोस्रो हाफमा पनि उच्च मनानेबलका साथ मैदान उत्रिएको श्रीलंकाले लयलाई निरन्तरता दियो। ५०औं मिनेटमा चलानी कुमारीले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता २–० को अवस्थामा पु¥याइन्। पेनाल्टी बक्सको दाँया भागबाट अचला सञ्जीवनी परेराले दिएको क्रसपासलाई चलानीले गोलमा परिणत गरेकी हुन्। 

बाँकी समयमा माल्दिभ्स खेलमा फर्किन प्रयास गरे पनि  सफल हुन सकेन र स्तब्ध हुँदै घर फर्कियो। श्रीलंकाका प्रशिक्षक रोहन थिलन अल्पोन्सु समूह विजेताको छिनोफानोका लागि भारतसँग हुने खेलमा जितको खोजिमा मैदान उत्रिने बताए। पराजित टोली माल्दिभ्सका प्रशिक्षक अतिफ मोहम्मदले अस्वस्थ खेलाडीका कारण पराजित हुनुपरेको बताए। 

चोटका कारण माल्दिभ्सका मुख्य तीन रक्षक बेन्चमा रहँदा पहिलो खेलमा भारतसँग स्तब्ध भएको थियो। शनिबार घरेलु टोली नेपाल र बंगलादेशबीच समूह ‘ए’ को विजेता छिनोफानोको लागि प्रतिस्पर्धा हुनेछ। 

प्रकाशित: २ चैत्र २०७५ ०४:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App