७ वैशाख २०८१ शुक्रबार
खेल

माइभ्याली गोल्डकप : सेमिफाइनल समीकरण पूरा

शुक्रबारको खेलमा भिड्दै काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर (सेतो) र त्रिभुवन आर्मी क्लबका खेलाडी।    तस्बिरः भीम/नागरिक

इलाम – काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले त्रिभुवन आर्मी क्लबलाई पाखा लगाएसँगै पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको सेमिफाइन समीकरण पूरा भएको छ। शुक्रबारको अन्तिम क्वार्टरफाइलनमा काँकरभिट्टाले विभागीय टिम आर्मीलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्याे। 

निर्धारित र अतिरिक्त समयमा १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा काँकरभिट्टाका योगेश गुरुङ, मिलन राई, विक्रम लिम्बू र विशाल राईले गोल गरे। अफ्रिकी खेलाडी भिक्टोरको प्रहार आर्मीका गोलरक्षक विश्वास चौधरीले रक्षा गरे। टाइब्रेकरमै आर्मीका रूपेश क्षेत्री, दीप लामा र विकास तामाङले गोल गरे। विवेश बस्नेतको प्रहार झापाका गोलरक्षक दिनेश थापामगरले सुन्दर बचाउ गरे भने युद्ध शाहीको प्रहार फ्रेममै परेन। 

निर्धारित ९० मिनेटको पहिलो हाफमा दुवै टोली गोलरहित बराबरीमा रोकिए। दोस्रो हाफमा आर्मीका दीप लामाले दिएको सुन्दर क्रसलाई विपक्षी काँकरभिट्टाको गोल पोस्ट नजिकैबाट जितेन्द्र कार्कीले जाली चुमाए। काँकरभिट्टाका भिक्टोरले पेनाल्टीबक्सको नजिकैबाट प्रहार गरेको फ्रिकिकको उत्कृष्ट सदुपयोग गर्दै विकास राईले आर्मीविरुद्ध गोल गरेपछि खेल बराबरीको अवस्थामा पुग्यो। 

त्यसपछि थपिएको १४ मिनेटको समयमा दुवैतर्फ गोल हुन सकेन। शुक्रबारको खेलको म्यान अफ दी म्याच झापाका लागि उत्कृष्ट र निर्णायक बचाउ गरेका गोलरक्षक दिनेश थापामगर घोषित भए। आर्मीका प्रशिक्षक चुनबहादुर थापाले टिमका पुराना ८ खेलाडी नहुँदा पराजित हुनुपरेको बताए। काँकरभिट्टाका प्रशिक्षक मीनबहादुर बस्नेतले टोलीको कुशलताले नै परिणाम हात लागे पनि पाएका अवसर खेर गएको बताए।

झापा–११ का खेलाडीसमेत सम्मिलित काँकरभिट्टा आइतबारको दोस्रो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबसँग भिड्नेछ। शनिबारको पहिलो सेमिफाइनलमा नेपाल पुलिस र क्यामरुनको दाउफिन्स क्लब आमनेसामने हुँदैछन्। प्रतियोगिताको फाइनल आउँदो ५ गते हुनेछ। विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पाउनेछन्। 

टाइब्रेकरमा काँकरभिट्टाका योगेश गुरुङ, मिलन राई, विक्रम लिम्बू र विशाल राईले गोल गरे। अफ्रिकी खेलाडी भिक्टोरको प्रहार आर्मीका गोलरक्षक विश्वास चौधरीले रक्षा गरे। आर्मीका रूपेश क्षेत्री, दीप लामा र विकास तामाङले गोल गरे। विवेश बस्नेतको प्रहार झापाका गोलरक्षक दिनेश थापामगरले सुन्दर बचाउ गरे भने युद्ध शाहीको प्रहार फ्रेममै परेन। 

प्रकाशित: २ चैत्र २०७५ ०४:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App