coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

त्यो गुराँसे माला

काठमाडौंको कोलाहल। धुवाँधुलो। बिहान कलेज आएपछि फेरि समाचारका लागि रिपोर्टिङमा कुदाकुद। कहिलेकाहीँ बाहिर घुम्न पाए हुन्थ्यो नि ! भन्ने सोचिरहेको थिएँ। नभन्दै कुटुम्ब कलेजबाट शैक्षिक भ्रमण जाने सल्लाह भयो। ठाउँ पनि पोखरा, लुम्बिनी, पाल्पा, लम्जुङ।  अहो ! ठाउँ सुन्दै कहिले पुगौंला भन्ने लाग्यो। राति सुत्दा समेत रमाइलो गर्ने योजना बनाउने गर्थें म। फागुन २० गतेबाट हाम्रो घुमफिर सुरु भयो। स्नातक तह प्रथम वर्ष र दोस्रो बर्ष गरी १८ विधार्थी, सामाजिक कार्य विषयका शिक्षक लोकनाथ दुलाल र अंग्रेजी विषयकी शिक्षिका मेमलत्ता नेपाल गरी २० जना थियौं।  

पृथ्वी राजमार्गमा गाउँदै, नाच्दै यात्रा ग-यौं। गाडीको झ्यालबाट सरर चिसो हावाले शीतलता दियो। बाटोमा देखिएका विभिन्न दृश्यको तरंग त बेग्लै थियो। दुलाल सरले बजाएको बाँसुरी धुन कानमै गुन्जिरहेको छ। ‘ए नानी बाबु हो उठ, उठ गीत गाउँ,’ कोही गाडीमा निदाएको देख्यो कि दुलाल सर भन्थे। हामी लमजुङको बेसीसहरमा चार बजे पुग्यौं। त्यहाँबाट हाम्रो घलेगाउँ यात्रा सुरु भयो।

स्थानीय दिदी भेटिए। बसमा दोहोरी गायन सुरु भयो। हाम्रो तर्फबाट लोकनाथ सरले जवाफ फर्काए। रमालो गर्दे घलेगाउँ पुगेको पत्तै भएन। दुई घण्टाको यात्रापछि छ घलेगाउँ पुग्यौं। गाउँलेले हामीलाई टीका लगाएर स्वागत गरे। हामी पुग्न नपाउँदै पानी प-यो। होमस्टेमा खाना बनाउँदै गर्दा त्यहाँका आमा गुराँस केलाउँदै थिए। आमा के गर्नु भएको ?

एकै छिनमा घाम माछापुच्छ्रे र अन्नपूर्ण ठोकियो। अहो ! त्यो दृश्यले आँखा झिमिक्कै गर्न मन लागेन। फोटा खिचिरह्यौं। त्यसै नेपाललाई स्वर्ग भनिएको होइन रहेछ।

‘भोलि तिमीहरूलाई विदा गर्न माला उनेको नि’, हँसिलो मुहारमा आमाले भनिन्।  होमस्टेमा खानापछि साथीसँग रमाइलो गर्दै सुत्यौँ। रातको दुई बजेसम्म तितामिठा कुरा भयो। बिहान उठ्नेबित्तिकै भ्यूटावरमा गयौं। त्यहाँबाट हिमाल झलमल्ल देखिन्थ्यो। घाम झुल्केसगैँ हिमाल हाँसिरहेको। त्यो मनोरम दृश्यले मनै लोभ्यायो। हामीले त्यहाँको चियाबगान, मन्दिर आदि भ्रमण ग-यौं। हामीले त्यहाँको रोधी र पर्यटनसम्बन्धी अध्ययन गर्न थाल्यौ। पर्यटन व्यवस्थापन समितिका सचिव दीर्घ घलेले प्राकृतिक सौन्दर्य भएकाले धेरै पर्यटक आउने गरेको बताए। ‘यहाँबाट माछापुच्छ्रे, लमजुङ हिमाल लगायत अन्य प्राकृतिक दृश्य हेर्न पाइने भएकाले पर्यटक आउने गर्छन,’ उनले भने, ‘पर्यटनको विकास भएसगैँ गुरुङहरूको आर्थिकस्तर पनि बढ्दै गएको छ।’

उनका अनुसार घलेगाउँमा एक सय २० घर छन्। ती मध्ये ३२ घरमा होमस्टे सुविधा छ। त्यहाँ गुरुङ जातिको संग्रहालय रहेछ। त्यहाँ परम्परागत सामान देख्यौँ। सामाजिक र सांस्कृतिक हिसाबले सम्पन्न भएको ठाउँमा रमाउन पाउँदा मख्ख भयौँ हामी। बिदाइका बेला आमाहरूले गुराँसको माला लगाइदिए। आमाहरूको आशीष शिरमा राखेर फर्किएँ। घलेगाउँले लोभ्यायो।

खाना खाएर घलेगाउँबाट पोखरातिर लाग्यौं। सफा रहेछ पोखरा। हामी सरासर पातले छाँगो हेर्न गयौँ। पर्यटक फोटा खिच्दै थिए। छाँगो देखेर अचम्म लाग्यो। कहाँ जान्छ त्यहाँको पानी ? त्यसपछि हामी गुप्तेश्वर गुफामा छि¥यौं। त्यतिबेला पो थाहा पाइयो गुप्त रूपमा आउँदो रहेछ छाँगो। गाडी पनि गुफाको माथि पो गुड्ने रहेछ।

‘प्रकृतिले नि कस्तो कस्तो देन दिन्छ है,’ मनमनै सोचे। त्यसपछि हामी होटलमा गयौँ। खाना पछि नाचगान सुरु भयो। सर मेमहरुले डान्स कम्पिटिसन समेत गराए। कम्मर मर्काइमर्काइ नाचेँ म पनि। अनुपा नेपाली र डोल्मा तामाङले उत्कृष्ट नृत्य देखाए। हामी तीन भाइ साथी त कोठामै रातको दुई बजेसम्म नाचेछौँ। त्यो रातको रमाइलो शब्दमा व्यक्त गर्नै सकिँदैन।

बिहानको ६ बजे सूर्योदय हेर्न सराङकोट उकालियौं। डाँडामा ताँती थियो मान्छेको। कोही घरको छतमा बसेर हिमालतिर क्यामेरा सोझाइरहेका थिए। एकै छिनमा घाम माछापुच्छ्रे र अन्नपूर्ण ठोकियो। अहो ! त्यो दृश्यले आँखा झिमिक्कै गर्न मन लागेन। फोटा खिचिरह्यौं। त्यसै नेपाललाई स्वर्ग भनिएको होइन रहेछ।

पुरै घाम झुल्केपछि विन्दाबासिनी मन्दिमा दर्शन गर्न गयौँ। त्यहाँबाट पनि हिमाल देखियो। हामी मेहन्द्र र चमेरे गुफा पनि घुम्यौं। चमेरे  गुफाको सानो प्वालबाट समेत बाहिर निस्कन सफल भए। हामी सामाजिक कार्य विषयका विद्यार्थी भएकाले पोखराको बाल हितकारी परियोजनामा गयौं। त्यो संस्था राम्रो थियो। उक्त संस्थाले विशेष गरी सडकमा भेटिएका बालबालिकालाई उद्धार गरी शिक्षा, स्वास्थ्य लगात सबै आधारभूत आवश्यकता दिई हुर्काउने रहेछन। त्यहाँको अध्ययनपछि हामी अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा पस्यौं। त्यहाँ सजाइएका सामानबाट धेरै ज्ञान बटुल्यौं।

संग्रहालय घुमेर हामी खानाको लागि होटलमा फर्कियौं। खानापछि फेवातालमा बोटिङ गर्न तम्सियौँ। ताल वरिवरि थुपै्र   डुँगा थिए। लहरै राखिएको डुँगा। जति हेर ेपनि आँखा नअघाउने फेवाताल। अहो ! फेरि पनि त्यहाँ जाऊँजाऊँ लाग्छ। एक घण्टाको बोटिङ समय मिलिक्कै वित्यो। पोखरा यात्रामा धेरै रमाइयो। बोटिङपछि हामी पाल्पातिर लाग्यौं। राति ८ बजे पाल्पाको होटलमा बास बस्न पुग्यौं।

विहानै भैरवनाथ दर्शन गर्न गयौँ। उक्त मन्दिरमा रोट चढाउने चलन रहेछ। एउटा पसलकी दिदीले जानकारी दिएपछि हामीले पनि रोट चढायौं। मन्दिर वरिपरि पसल, होटलमा पकाएको रोटको मिठो सुगन्धले मुख मिठो भयो। दर्शनपछि तानसेन बजार घुम्यौं। ढाकाटोपीको पसलमा पस्यौं। साथीहरूले किनमेल गरे। त्यो देखेर, चोली राम्रो पाल्पाली ढाकाको हेराइ राम्रो मायालु आँखाको... गीत सम्झिएँ। त्यसपछि लुम्बिनीतिर सोझियौं।
तराई झरेपछि खेतको हरियाली देखियो। तराईलाई त्यसै अन्नबालीको भण्डार भनिएको होइन रहेछ। लुम्बिनी पुग्दा दिउँसोको १ बजिसकेको थियो।

मीठो खाना खाएर घुम्न निस्कियौं। कोही रिक्सामा घुम्न निस्किए। हामीचाहिँ भाडाको साइकलमा निस्कियौं। मजाले दुई घन्टा घुम्यौं। पुष्करिणी पोखरी, बगैंचा, मायादेवी मन्दिर सबैतिर घुम्यौं। गौतम बुद्धको पवित्र जन्मथलो घुमेपछि हामी सुनौली बजार पनि गयौँ। सस्तोमा समान पाइँदो रहेछ, केहीले किने। त्यहाँ नेपालीको घुइँचो लागेको थियो। सवारी जामको चाप थियौ।

त्यहाँबाट फर्केर हामी सौराहाको होटलमा बास बस्न पुग्यौ। खानापछि केही कार्यक्रम भयो। शैक्षिक भ्रमणको बारेमा मनमा लागेका कुरा आपसमा सुनायौं। भ्रमणको नायक सबैले मलाई छाने। खुसीले सिमै रहेन। रातको ११ बजेसम्म गीत बजाएर नाच्यौँ। किनकि त्यो नै यात्राको अन्तिम रात थियौ। राति एक बजेसम्म साथीहरु मिली रमाइलो ग-यो। फेरी बिहानै तनहुँको देवघाटतर्फ लाग्यौं। बीचमा नवलपुरका शाश्वतधाममा गयौँ। त्यहाँ कोही दर्शन गर्दे थिए त केही महिला दिवसको अवसरमा महिलाले एउटै रंगको लुगा लगाएर -याली गर्दे थिए। हामी १२ बजे देवघाटमा पुग्यौँ। आश्रमहरूमा समेत अवलोकन गर्न पायौँ। त्यसपछि चितवनको नारायणी र कालीगण्डकीमा बोटिङ गरेर काठमाडौंको यात्रा गरियो।

साथीसंगीको रमाइलोपनले गर्दा यात्रामा कसैले नियास्रो मानेन्। कति चाँडै वित्यो। अझै घुम्न पाए हुन्थ्यो भन्ने लागिरह्यो। पाँच दिने यात्रा सकेर काठमाडौं आइपुग्दा साँझको ५ बजेको थियो। रमाइलो गर्दागर्दै पाँच दिनको शैक्षिक भ्रमणको समय सकेको पत्तै भएन।

प्रकाशित: २ चैत्र २०७५ ०३:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App